• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ १ नं. प्रदेश समितिले पहिचानको आन्दोलनमा शसक्त ढंगले लाग्ने निर्णय भएको छ । 
    महासंघको बैठक शनिबार (भदौ १)ं बेलबारी स्थित आदिबासी भवनमा भएको थियो । महासंघ प्रदेश समितिको अध्यक्ष धुर्ब सुब्बाको सभापतित्वमा भएको बैठकले प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुन नामकरणको लागि चलिरहेको आन्दोलनमा शसक्त ढंंगले लाग्ने निर्णय भएको महासचिव तिलकप्रसाद राईले बताए । 
    बैठकले प्रदेश महासंघको पहिलो अधिवेशन कार्तिक १ गते बेलबारीमा गर्ने, यस अघि महासंघ र जातीय संस्थाहरुको जिल्ला अधिवेशनहरु गराउने निर्णय भएको महासचिव लितकप्रसाद राईले बताए । 
    बैठकमा महासंघको १५ सदस्यीय प्रदेश समिति, २५ वटा जातीय संस्थाका अध्यक्ष र सचिवहरु उपस्थित रहेका थिए । 
    कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरणको आन्दोलन गर्दै आएको संयुक्त संंघर्ष समितिले मंसिर २ गते विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने निर्णय गरेको छ । 
    सोही निर्णय अनुसार जिल्लाहरुमा तयारी भइरहको छ । यसै क्रममा नेपाल आदिबासी जनजाति महासंघ प्रदेश समितिले आन्दोलनमा शसक्त ढंगले लाग्ने निर्णय भएको हो । 
    बेलबारीमा नेपाल आदिबासी जनजाति महासघ नगर समितिको आयोजनामा साउन ३२  गते विश्व आदिबासी दिवसको आयोजना गरेको थियो । कार्यक्रममा महासघका पूर्ब केन्द्रीय महासचिव पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघके प्रदेश समितिका महासचिव तिलकप्रसाद राई लगायतको उपस्थिति रहेका थिए । 

     


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…