• मोरङ । पार्टी विभाजनमा आधा बढी सांसदहरुले छाडेर गएपछि कमजोर जस्तो देखिएका उपेन्द्र यादब संगठन विस्तार गर्न १ नं. प्रदेशको पहाडी जिल्लाहरु चढ्ने भएका छन् । 
    मधेश केन्द्रित राजनीतिबाट बाबुराम भट्टराई, अशोक राई लगायतसँगको एकतापछि राष्ट्रिय राजनीति गर्दै आएका यादबलाई भट्टराई, राईको साथै मधेशकै बिभिन्न नेताहरले पनि छाडेर गए । 
    संघीय संसदमा १२ सांसद रहेका जनता समाजवादी पार्टी नेपालको पछिल्लो बिभाजनमा अशोक राईसँग सात जना गएपछि आफूसहित यादबसँग पाँच जना रहेको छ । 
    अशोक राईले जसपा गठन गरेपछि संगठन बलियो बनाउन जसपा नेपालका अध्यक्ष यादब मधेशहुँदै पहाडी जिल्ला भ्रमणको तयारी भएको सो संगठनले जनाएको छ । 
    संगठन बलियो बनाउदै प्रदेशमा कोशी नाम विरुद्धको आन्दोलनमा सशक्त ढंगले लाग्ने यादबले बताएका छन् । पार्टी पुनर गठनको लागि ‘जनतासँग जसपा नेपाल’ अभियान लिएर यादव पहाड चढ्न लागेको बुझिएको छ । 
    यही अभियानको शीलशीलामा जसपा नेपाल १ नं. प्रदेश समितिले भदौ १७ गते इटहरीमा बैठक राखेको थियो । बैठकपछि १८ गते विराटनगरमा भएको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङ, महासचिव राजकुमार शर्मा लगायतका नेताहरु आएका थिए । 
    विराटनगर भेलामा अध्यक्ष यादवले कोशी नाम खारेजी आन्दोलनमा शसक्त रुपमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको सहभागी सो पार्टीको प्रदेश नेता सञ्जय राईले जानकारी दिए । 
    प्रशिक्षणमा यादबले संगठन बलियो बनाउदै पार्टी आफै अनि संयुक्त संघर्षको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार राखेको सहभागी कार्यकर्ताहरुले बताए । 
    जसपा नेपालले कोशी खारेजी आन्दोलनको लागि पार्टी सहअध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा प्रदेशको पूर्ब मन्त्री जयराम यादव लगायत रहेका छन् । 
    उपेन्द्र यादव पाँचथरको फिदिममा अशोज ७ र ओखलढुङ्गामा ९ गते पूर्बी पहाडी जिल्लाहरुका अगुवा कार्यकर्ता भेलाको कार्यक्रम रहेको सञ्जय राईले बताए । 
    जसपा नेपाल प्रदेश समितिको अध्यक्ष दीपक याक्खाको अध्यक्षतामा १७ भदौ इटहरीमा भएको बैठकमा केन्द्रीय सचिवहरु राजकुमार राई, लाक्पा शेर्पा, केन्द्रीय सदस्य जयराम यादव, डा. केके राई लगायतको उपस्थिति रहेको थियो । बैठकमा पहिचान आन्दोलनमा राजनीतिक नेतृत्व गर्ने स्तरमा लाग्नुपर्ने छलफल भएको बताइएको छ । 
    प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले आगामी मंसिर २ गते विराटनगरमा बृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणासँगै तयारीमा लागिरहेको छ । 
    आन्दोलनमा यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा र माओवादी केन्द्र औपचारिक रुपमा सहभागी भए विराटनगरमा निक्कै ठूलो धक्का हान्न सक्ने आकलन भइरहेको छ । 
    एमाले र कांग्रेस भित्रका पहिचानवादी कार्यकर्ताहरु पनि आन्दोलनमा सहभागी हुने परिस्थिति सिर्जनाहुँदै आएको संयुक्त संघर्ष समितिका नेता डकेन्द्रसिंह थेगिमले बताउदै आएका छन् । 
    माओवादीले कोशी नाममा हस्ताक्षर गरेर गल्ति गरेको विज्ञप्ति निकालेरै स्वीकार गरेको छ भने नेपाली कांग्रेसको १४ वटा जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेर नयाँ विकल्प दिनुपर्ने जनाइसकेको छ । 
    एमालेको बिभिन्न बैठक तथा छलफलहरुमा कोशी नाम खारेजी बारे पार्टी स्पष्ट धारणा दिनुपर्ने, जनताको चाहना अनुसार पार्टी लाग्नुपर्ने खुलेरै बहस भइरहेको छ । एमाले निकट कार्यकर्ताहरु सामाजिक फोरमहरुबाट आन्दोलनमा सहभागी छन् । 
    माओवादी संबद्ध राष्ट्रिय मोचाहरु, दुबै जसपाका कार्यकर्ताहरु पहिचान आन्दोलनमा भएपनि नेताहरु सरकारको मन्त्री भएकोले खुलेर लाख्न पाएको थिएन । 
    कोशी खारेजी आन्दोलनबाट पुन नामकरण नभए देशैभर तेस्रो जनआन्दोलनको लागि पूर्ब मन्त्री गोपाल किरातीको संयोजकत्मा मेची महाकाली भेला, बैठकहरु भइरहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…