• मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौ साधारण सभा शनिबार समापन भएको छ । 
    पथरीशनिश्चरे—७, बकैनाडाँडा स्थित जनप्रिय टोलमा भएको साधारण सभाले संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्था नवीकरण, लेखा परीक्षण प्रतिवेदन र भावि कार्ययोजना पास गर्दै समापन भएको हो । 
    पथरीशनिश्चरे नगर ४ नं. वडाको पूर्ब अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष गोविन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय विराटनगरको अधिकृत चोलेन्द्र बिक, वडा सदस्य नरेश राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा अस्थायी प्रहरी चौकी किर्तिपुरका प्र्रमुख प्रहरी सहायक निरीक्षक कमलबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो । 
    कर्यक्रममा सिचाइ कार्यालय प्रमुख बिकले कार्यालयले नयाँ सिंचाई निर्माण, पैनी मर्मत, थोपा सिचाई, डिप ट्युवेल निर्माण र नदी नियन्त्रण लगायतको क्षेत्रमा काम गर्दै आएको बताए । 
    कार्यक्रममा शान्तिपथ सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भण्डारीले नगरको तीन वटा वडाको १४३ घर परिवार उपभोत्ता रहेको र करिव २ सय बिगाहा खेतिमा सिंचाइ भइरहेको बताए । भण्डारी एक बर्ष अघि समितिको अध्यक्षमा निर्वाचित भएर आएका हुन् । 
    आफ्नो नेतृत्वमा समिति गठन भएपछि प्रदेश, नगर र वडाहरुबाट १४ लाख ८३ हजार ३२८ रुँपैया बराबरको पैनी मर्मत कार्य भएको अध्यक्ष भण्डारीले बताए । 
    आफ्नो नेतृत्वमा समिति गठनहुनु अघि करिव १५ बर्ष संस्था नवीकरण नभएको कारण सरकारी बजेटबाट कुनै काम नभएको र संस्था नवीकरण भएपछि सरकारी बजेटबाट पैनी मर्मत लगायतको कामबाट किसानलाई राहत दिएको अध्यक्ष भण्डारीले बताए । 
    कार्यक्रममा संस्थाका सचिव देबिन्द्र थेबे लिम्बूको प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ । 
    कार्यक्रममा उपस्थित पैनी उपभोक्ता कृषकहरुले कृषि प्रधान देश भनिएपनि संघ, प्रदेश, स्थानीय सरकारले कृषि क्षेत्रमा बजेटको प्राथमिकता नपर्ने गरेको गुनासो गरे । 
    सभाको उद्घाटन कार्यक्रममा जेष्ठ उपभोक्ता ललितादेवि ढकाल र वीरबहादुर गोलेलाई खादा तथा नगदले सम्मान गरेका थिए । 

    कार्यक्रम उद्घाटन


     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…