• मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविमा सुक्रबार लागू औषध विरुद्ध प्रभातफेरि, नृत्य प्रतियोगिताको साथै साना वाल वालिकाहरुलाई केक काटेर ६० औं बाल दिवस मनाएको छ । 
    नगर क्षेत्रमा लागू औषध प्रयोगकर्ता वृद्धिहुँदै जाँदा चोरी, लुटपाट, घरैको सामान हराउने लगायतको विभिन्न प्रकारको अपधाधिक घट्नाहरु बढ्दै गएको छ । 
    लागू औषध प्रयोगकर्ता न्युनिकरण गर्ने उद्देश्यले पञ्चायत माविले सो विरुद्ध प्रभातफेरि कार्यक्रमको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाले बताए । 
    कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, शिक्षक, अभिभाकसहितको टोली विहान ८ बजे लागू औषध विरुद्धको व्यानर, प्लेकार्ड र नारा जुलुससहित हनुमान कोच, शिखर चोक, बुद्धचोक परिक्रमापछि विद्यालयमा आएर समापन भएको थियो । 
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटा, प्रधानाध्यापक अर्जुन बुढाथोकी, सहायक प्रअ मोहन शर्मा, बुद्धि अधिकारी, शिक्षक अभिभाक संघका अध्यक्ष मानप्रसाद लिम्बु, शिक्षकहरु सहभागी रहेका थिए । 
    ¥यालीसँगै ‘बढ्दो आगू औषध विरुद्ध हाम्रो सार्वजनिक अपील’ उल्लेख भएको लागू औषधबाट समाजमा हुने क्षति बारे लेखिएको पर्चा वितरण गरिएको थियो । लागू औषधको साथै पञ्चायत मावि क्षेत्रमा लागू, मादक पदार्थ, चुरोट, गुट्खा, जंङ्कफुड लगायतका स्वास्थ्यलाई हानीहुने र प्रतिबन्धित समान बिक्री नगर्न प्रअ अर्जुन बुढाथोकीले अनुरोध गरेका छन् । 
    विद्यालय पोषकमा दोकान आएका विद्यार्थीहरुलाई लामो समय बस्न नदिन समेत अनुरोध गरिएको छ । 

    नृत्य प्रतियोगितामा रमाए विद्यार्थी

    पञ्चायत माविले ६० औं राष्ट्रिय वाल दिवसको आवसरमा कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरु वीच नृत्य प्रतियोगिता गराएको छ । 
    प्रतियोगितामा ‘बल्ला भेट भो आदाङ्बे..., बोलको गीतमा नृत्य प्रस्तुत गर्ने कक्षा १० नेपाली माध्यममा अध्ययनरत विद्यार्थी प्रथम भएको छ । 
    यो गीतमा स्मारिका लिम्बू, आयुशा राई, रुबिना लिम्बू, मौशम लिम्बू, समिता राई, पुरुषोतम बस्नेत, रोमन राई, दर्घन गिरी, दमन बिक, सबिता तामाङ, सरिता तामाङ, अब्राम लिम्बू नाचेका थिए । 
    ‘पश्चिम केही पूर्ब घर..., बोलको गीतमा नृत्य गरेका कक्षा १० कै अंग्रजी माध्यममा अध्ययनरत विद्यार्थीहरु दोस्रो भएका थिए । यो गीतमा मस्कानको नेतृत्वमा ६ जनाले नाचेका थिए । 
    त्यसैगरी ‘राम रानी..., बोलको गीतमा नृत्य प्रस्तुत गर्ने रक्षा विष्ट, सुवेक्षा निरौला, रेजिना मगर, सोनिमा राई, अदृना धिमाल, जिना आचार्य, आरति न्यौपानेको टोली तेस्रो पुरस्कार जिते । 
    कक्षा ५ सेक्सन ‘ए’ मा अध्ययनरत निर्जला राईको टोली र कक्षा १० का इन्सिका भुजेलको दुई वटा टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । 
    नृत्य प्रतियोगितामा २७ वटा टोली सहभागी रहेको कार्यक्रमको निर्णायकमा लक्ष्मी सुवेदीको नेतृत्वमा ललिता राई र रबि मण्डल रहेका थिए । 
    बिजेता टोलीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, प्रधानाध्यापक अर्जुन बुढाथोकी, सहायक प्रअ मोहन शर्मा लगायतबाट नगद, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम शिक्षक विवेक न्यौपानेले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले सन्देश मुलक नाटक प्रस्तुत तथा विभिन्न विद्यार्थीहरुले गीत गाएर उपस्थित विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए । 

    नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई केक र चक्लेट
    विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीहरुलाई एक ठाउँ जम्मा गरेर केक काट्नुको साथै चकलेट वितरण गरिएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए । 
    वाल दिवसको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाउने शिक्षकहरुको साथमा केक काटेर मनोञ्जन गराउनुको साथै चकलेट वितरण गरिएको हो । 
    पञ्चायत मावि प्रदेश सरकारले नमुना घोषणा गरेको विद्यालय हो । विद्यालयमा ३५ सय बढी विद्याथी अध्ययनरत रहेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…