• मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ । 
    शनिबार भएको १६ औं वार्षिक साधारण सभाले संस्थाको निवर्तमान अध्यक्ष कुलबहादुर गुरुङ, कार्यबाहक अध्यक्ष हेमभक्त तमु, उपाध्यक्ष जयबहादुर धिमाल (साझन), सचिव मेनुका राई, निवर्तमान लेखा समिति संयोजक तुलशी बस्नेतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । नगर कार्यपालिका सदस्य वीरध्जव शिवा र समूहका अध्यक्ष कुलमणी गुरुङले प्रमाणपत्र, दोसल्ला ओढाएका थिए । 
    समूहका अध्यक्ष कुलमणी गुरुङले खुल्ला सत्रमा भावि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्जव शिवा, हरियाली सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट दिलबहादुर तामाङ र पूर्व पदाधिकारीहरुले शुभकामना दिएका थिए । 
    कार्यममा सचिव अनिता थापाको प्रगति विवरण, कोषाध्यक्ष रोमान्सी धिमाल, लेखा समिति संयोजक राजेन्द्र भण्डारी लगायतको लेखा प्रतिवेदन अधिवेशनले पारित गरेको समूहका अध्यक्ष कुलमणी गुरुङले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…