• मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ । 
    शनिबार भएको १६ औं वार्षिक साधारण सभाले संस्थाको निवर्तमान अध्यक्ष कुलबहादुर गुरुङ, कार्यबाहक अध्यक्ष हेमभक्त तमु, उपाध्यक्ष जयबहादुर धिमाल (साझन), सचिव मेनुका राई, निवर्तमान लेखा समिति संयोजक तुलशी बस्नेतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । नगर कार्यपालिका सदस्य वीरध्जव शिवा र समूहका अध्यक्ष कुलमणी गुरुङले प्रमाणपत्र, दोसल्ला ओढाएका थिए । 
    समूहका अध्यक्ष कुलमणी गुरुङले खुल्ला सत्रमा भावि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्जव शिवा, हरियाली सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट दिलबहादुर तामाङ र पूर्व पदाधिकारीहरुले शुभकामना दिएका थिए । 
    कार्यममा सचिव अनिता थापाको प्रगति विवरण, कोषाध्यक्ष रोमान्सी धिमाल, लेखा समिति संयोजक राजेन्द्र भण्डारी लगायतको लेखा प्रतिवेदन अधिवेशनले पारित गरेको समूहका अध्यक्ष कुलमणी गुरुङले बताए । 


     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविमा सुक्रबार लागू औषध विरुद्ध प्रभातफेरि, नृत्य प्…