• मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रकाशन भएको छ । 
    तिम्सिनाले तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा खोजमूलक लेखहरु समेटिएको ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रकाशन गरेका हुन् । 
    तिम्सिना नगर्चीको जन्म स्थल गोरखा पुगेर उनको छोरालाई भेटेर सनदपत्र, लालमोहर अध्ययन गरेर पुस्तक लेखेका हुन् । पुस्तकको सन्दर्भमा नेपालका इतिहासकारहरुसँग समेत छलफल गरेका छन् । 
    नुवाकोटमा २ पटक आक्रमण गर्दा हार बेहोरेर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई नगर्चीले सहि समयमा सहि सल्लाह दिएर युद्ध जित्न सहयोग गरेको इतिहास छ ।
    एउटा सहि सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न सकिन्छ । युद्ध जित्नुमा नगर्चीको भूमिका महत्वपूर्ण थियो । सल्लाह पृथ्वीनारायण शाहलाई युद्ध जित्ने हतियार बनेको थियोे । 
    नुवाकोट जित्न पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । राज्य कोषमा पर्याप्त पैसा थिएन । युद्ध जित्न योद्दाको साथै हतियार चाहिन्छ । 
    विहानै चिन्तित रहेका पृथ्वीनारायणलाई आमा कौशल्यावतीले देखेर एकदिन बिहान सोधिछन् छोरा तिमिलाई के भयो भनेर । शाहाले नुवाकोट हार वेहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाए । 
    आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । सोहि अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गएर सल्लाह मागे ।  
    राजा घरमा आएको देखेर बिसेले सोधे । के कामले मेरो घरमा पालिबक्स्यो ? शाहाले जवाफ दिए तिमिलाई थाहा छदैछ नुवाकोट हार व्यहोर्नुपरेको । अब थप लडाइँ लड्नु छ । हतियार चाहिएको छ । राज्य कोषमा पर्याप्त पैसा छैन कसरी हतियार किन्ने भनेर तिमिसँग सल्लाह लिन आएको । तिमी त हाम्रो बुवाको पालादेखि सल्लाह दिदै आएको सुनेको छु । उचित सल्लाह देउ भनेछन् ।
    नगर्चीले म जस्तोले के सल्लाह दिन सक्छु र भने । सल्लाह भनेको मान्छे सानो ठूलो पढेको नपढेको भन्ने हुदैन राजाले भनेछन् ।
    बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई सोधेछन् । १२ हजार दाम भए त पुग्दो हो राजाले भने । गोरखा राज्यमा कति घर छन् महाराज बिसेले राजालाई सोधेछन् ।
    पुग नपुग १२ हजार घर होलान राजाले भनेछन् । यो कुरा सुनेर बिसे घरको कोठामा पसे । 
    बिसेले एक पैसा, पाँच पैसा, गरेर जम्मा एक मोहर बनाई राजाको हातमा चढाई सोहि अनुसार प्रत्येक घरधुरीबाट १÷१ रुपैयाँ उठाउन सल्लाह दिए । शाहा सोहि अनुसार पैसा उठाएर काँशी गएर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको पाइन्छ ।
    बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारको बालिघरे थिए ।  तर यस्तो सामरिक सल्लाह दिने बिसेलाई शाहा परिवार तथा राज्यले उचित सम्मान गरेको देखिन्न ।

    युद्धमै सहभागी थिए बिसे
    पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेको सहभागी थिए । नुवाकोट युद्धमा बिसे सिपाही भएरै मैदानमा उत्रिएका थिए । युद्धमा तिरधारे मोर्चाबाट पृथ्वीनारायणसँगै सहभागी भएको कुरा गोरखामा बिसेको सालिक सँगै राखिएको सिलालेखमा उल्लेख छ । 
    त्यसबेला उहाँ तीनधारे मोर्चाबाट नालदम, अजिरकोट र सिरानचोकको लडाइँमा सहभागी भएको सिला लेखमा उल्लेख छ । बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी थिए ।
    स्याङ्जाको वहाबकोटमा बिसे नगर्ची चोक नै रहेको छ । यो चोकको नाम रहनुमा बिसेको लडाइमा सहभागीता रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको सिलामा लेखिएको छ ।
    बिसेलाई विम्वमा प्रयोग गरि २०६२÷२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ‘बिसे नगर्चीको बयान’ शिर्षकको कविताले निकै चर्चा पाएको थियोे ।
    महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झै मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुदैन । तर, राज्य एकीकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उहाँको परिवार कहाँ कसरी बसिरहेका छन् यो खोजको बिषय हो । 
    यीनै बिषयलाई समेटेर दिपेन्द्रराज तिम्सिनाको पछिल्लो पुस्तक गुमनाम एक इतिहासः बिसे नगर्ची लेखेका हुन् । पुस्तकको प्रकाशक लिला निरौला तिम्सिना रहेकी छन् । बिभिन्न ४९ वटा शीर्षक प्रकाशित पुस्तक १५६ पेज रहेको छ । बिभिन्न बिषयमा खोज तथा अनुसन्धन गर्दै आएका दिपेन्द्रराज तिम्सिनाले हालसम्म १२ वटा पुस्तक लेखेका छन् । 

    हालसम्म प्रकाशित पुस्तकहरू ः
    १) टेलिफोन डायरी २०६८
    २) मोरङको सामुदायिक वन एक चिनारी २०६९
    ३) मोरङको क्षेत्र नं २ एक चिनारी २०७०
    ४) पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७
    ५) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७
    ६) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८
    ७) धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८
    ८) इतिहासमा पथरी शनिश्चरे २०७८
    ९) मोरङका जनप्रतिनिधि सङ्गालो २०७९
    १०) माईखोलादेखि पुनर्वाससम्म २०८०
    ११) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८०
    १२) गुमनाम एक इतिहासः बिसे नगर्ची
     

सम्वन्धित समाचार

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविमा सुक्रबार लागू औषध विरुद्ध प्रभातफेरि, नृत्य प्…