• मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ दोस्रो चरणको कार्यक्रम भोली (असोज ५) गतेबाट धनकुटाबाट हुँदैछ । 
    कोशी नाम खारेजी संघर्ष समितिले आगामी मंसिर २ गते विराटनगरमा व्यापक जननप्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने घोषणा गरेको छ । 
    सोही प्रदर्शनलाई प्रभावकारी बनाउने उदेश्यले दुई चरणमा अभियान गरिरहेका छन् । 
    पहिलोचरणको अभियान झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम समापन भएको छ । सो जिल्ला भ्रमणको समीक्षापछि दोस्रो चरणको अभियान सुरुहुन लागेको अभियानको संयोजक डकेन्द्रसिंह थेगिमले बताए । पहिलो चरणको अभियानमा वैचारिक प्रशिक्षण सफल भएको समीक्षा भएको छ । 
    दोस्रो चरणको अभियान असोज ५ गते धनकुटामा सुरु भएर संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी र उदयपुर हुने संघर्ष समितिको वितरित पर्चामा उल्लेख छ । 
    अभियानमा डकेन्द्रसिंह थेगिम लगायतका घटकमा आबद्ध संस्थाका नेताहरु सहभागीहुने बताइएको छ । यायोक्खाको तर्फबाट उपाध्यक्ष जनक राई, तिलकप्रसाद राई, युवराज राई, महासचिव भीम राई, सचिव नगेशचन्द्र राई, जसपाको तर्फबाट सोलुखुम्बु र ओखलढुङ्गा आङ्काजी शेर्पा, रमेश राई, जसपा नेपालको तर्फबाट दीपक याक्खा, पार्बती राई लगायतका नेताहरु सहभागीहुने सो संगठनका संजय राईले बताए । 
    किरात याक्थुङ चुम्लुङ, पहिचानसहितको प्रदेश नं. १ अभियान समिति, संघर्ष समितिमा रहेका कुमार लिङदेन (मिराक) नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी नेपाल, पहिचानवादी मोर्चा, नेपाल आदिबासी जनजाति महासंघ, नागरिक उन्मुक्ति पार्टी लगायतका नेताहरु, कार्यकर्ताहरु प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन । 
     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…