• मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ । 
    पालिका—२ नं. वडाको प्रधान टोलमा आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश र पालिकाको सहकार्यमा शौचालयसहित सुविधासहितको २० वटा मिनी घर (भुँइ र वाल पक्कि छाना जस्ता) निर्माण गरेर आवास विहिन परिवारलाई नयाँ घर हस्तान्तरण गरेको हो । 
    पालिकाले संविधान दिवसको दिन पारेर आवास विहिन परिवारलाई घर हस्तान्तरण कार्यक्रमको आयोजना गरी हिन्दु समुदायको चाड दशैको पूर्व सन्ध्यामा घर वितरण गरेको हो । 
    कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामको सभापतित्वमा भएको कार्यक्रममा रिवन काटेर नयाँ घरको उद्घाटन, पालिकाको अग्रज व्यक्तिहरुलाई सम्मान गरेको हो । 
    कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा लेखा समितिको सभापति ऋषिकेश पोखरेलको हातबाट सम्मान, घर र कार्यक्रमको उद्घाटन भएको थियो । 
    खानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा जनता आवास कार्यक्रमको लागि १ करोड र प्रदेशबाट ५० लाख बजेट बिनियोजन भएको कार्यपालिका सदस्य चरण गुरुङले बताए । पालिकाले सुरक्षित आवासको लागि थप ५० लाख बजेट बिनियोजन गरेको बताए । जनता आवास कार्यक्रमबाट नयाँ घर बनाएर वितरण र सुरक्षित आवास अन्तरगर्त पुसको छानो, बेरा र कच्चि पोल भएमा जस्ताको छाना, बेरा पक्कि बनाउन सहयोग गर्ने कार्यक्रम रहेको छ । 
    कार्यक्रमको प्रमुख अतिथि संघीय संसदको सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेलले संविधान दिवसको दिन आफ्नै निर्वाचन क्षेत्रमा नयाँ घर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । 
    कानेपोखेरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले संविधानलाई शिरमा राखेर अभाव र गरिबहरुलाई सरकार छ भन्ने आवास दिलाउदै गएको बताए । आफू जनप्रतिनिधि नहुँदै पनि सर्वदलीय बैठकमा आवास विहिनहरुलाई घर बनाएर दिनुपर्ने विचार राख्दै आएको बताए । 
    स्वागत मन्तव्यको क्रममा पालिकाको प्रवक्ता शुसिल बुढाथोकीले संविधानमा उल्लेख भए बमोजिम घर नहुनेहरुलाई घर, कक्षा १२ सम्म निशुल्क विद्यार्थी पढाउने कार्य भइरहेको बताए । स्वास्थ्य क्षेत्रमा पनि १५ शैयाको अस्पताल सञ्चालनमा रहेको, रोजगारीको लागि स्टाटप रकम पालिका दिन तयार रहेको बताए । 

    पालिकाको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सञ्चालन गरेको कार्यक्रममा एमालेका एसोधा लिम्बू, कांग्रेसका छत्रबहादुर लिम्बू, माओवादी केन्द्रका भोजवीर माझी लगायतले शुभकामना दिएका थिए । 


    पालिकाद्वारा छ जना सम्मानित


    संविधान दिवसको आवसरमा खानेपोखरी गाउँपालिकाले पाँच जनालाई सम्मान गरेको छ । 
    सम्मानित हुनेहरुमा छत्रबहादुर भण्डारी, श्रीबहादुर धिमाल, वीरबहादुर भट्टराई, पूर्णबहादुर अधिकारी, राजकुमार राईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    कार्यक्रममा संगिनी, थारु, धिमाल लगायतका विभिन्न जातजातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिए भएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…