• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबारदेखि बुद्धिचाल (चेस)खेलको विद्यालय स्तरीय प्रथम टिम लिग प्रतियोगिता सुरु भएको छ । 
    बुद्धिचाल संघ नगर समितिको आयोजनामा आज भएको दुई राउण्डको खेलमा एभरेष्ट बोर्डिङ स्कुल सतप्रतिसत नजितासहित २ अंक बनाएको छ । एभरेष्टबाट आयुस लिम्बू, सिद्धान्त कन्दङ्वा र सेम्रिल राई सहभागी रहेका थिए । एभेरेष्टले पहिलो राउण्डमा भूपू सैनिक र दोस्रोमा दुर्गा मावि दुबैसँग ३—० को नजिता निकालेका थिए । 
    प्रतियोगितामा  वाल जागरण विद्या मन्दिर र वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले पनि समान २÷२ अंक जोडेको छ ।  
    सिंहबाहिनी मावि, किर्तिपुर एकेडेमी, मोरङ मेरिगोल्ड र सुनाखरी माविले १÷१ अंक प्राप्त गरेको छ । 
    बुद्धिचाल टिम लिग प्रतियोगितामा भूपू सैनिक बोर्डिङ स्कुल, वाल कल्याण सेकेन्डरी स्कुल र दुर्गा मावि गरी नगरपालिकामा रहेका १० वटा मावि सहभागी रहेका छन् । 
    टिम लिग प्रतियोगितामा हरेक विद्यालयबाट ३÷३ जना विद्यार्थी सहभागी रहन्छन । स्कुल स्कुलवीचको प्रतियोगितामा ३ जना मध्ये २ जना खेलाडीले जितेमा जित मानिन्छ । जित्ने टिमले १ र पराजित टिमको ० अंक हुन्छ । 
    नौ राउण्डमा हुने खेलमा सबैभन्दा बढी अंक ल्याउने टिमहरु क्रमस प्रथम, दोस्रो र तेस्रो घोषणा हुन्छ । स्वीस लिग अन्तरगर्तहुने यो खेलको दोस्रो चरण मंसिर र अन्तिम चरण फागुनमा हुने आयोजक बुद्धिचाल संघका नगर अध्यक्ष डम्बर बाछना राईले बताए ।
    यस्तो प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ । सुक्रबार सीनभिलेज पार्टी प्यालेसमा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, नेपाल बुद्धिचाल संघको प्रदेश सदस्य राम मादेन, नगर शिक्षा विभाग प्रमुखसमेत रहेका नगर खेलकुद विकास समितिको सदस्य सचिव नवीन खुलाल फ्रेण्डसीप चेस क्लवका सचिव लोकसागर साम्बा, सुनाखरी माविका प्रधानाध्यापक भूमिकादेवी मगर, भूपू सैनिक विद्यालयका प्रिन्सिपाल उपेन्द्र कडेल लगायतको उपस्थिति रहेको थियो । 
    यसरीहुँदैछ नगरमा बुद्धिचाल खेलको विकास
    नगरमा हरेक बर्ष फ्रेण्डसीप चेस क्लवको आयोजनामा ‘सहिद रत्नकुमार वान्तावा राष्ट्रिय प्रतियोता’ हुन्छ । हरेक वर्ष पथरीमा अन्तराष्ट्रिय स्तरमा खेलेका र पूर्व राष्ट्रिय च्याम्पियनहरु सहभागी हुँदै आएको छ । जसले गर्दा स्थानीय खेलाडीहरुले आफ्नो खेलको विकास गर्ने अवसर मिल्दछ । 
    गत वर्षको राष्ट्रिय च्याम्पियन राजन सुवेदीलाई सम्मानको साथै फ्रेण्डसिप चेस क्लवले ¥यापिड प्रतियोगिता गराइएको थियो । गत भदौ १५ गते भएको सुवेदीलाई सम्मान तथा चेस प्रतियोगितामा प्रदेशका ७० जना खेलाडी पथरीमा आएर खेलेका थिए । 

     

     

    विद्यालयहरुमा चेसको शिक्षक नियुक्त
    नगरपालिकामा निरन्तर बुद्धिचाल प्रतियोगिता खेलाउन थालेपछि विभिन्न विद्यालयले प्रशिक्षक नियुक्ति गरेरै विद्यार्थीलाई चेस खेलाउन थालेका छन् । 
    पथरीशनिश्चरे नगरको वाल्मीकि बोर्डिङ स्कुलले अनिस तामाङ, एभरेष्ट स्कुलले लोकसागर साम्बा, किर्तिपुर एकेडेमीले पुकार राई आफैले बुद्धिचाल प्रशिक्षण गराउदै आएका छन् । 
    यसैगरी विद्यार्थीलाई प्रशिक्षण दिन चाहने विद्यालयहरुलाई बुद्धिचाल संघ, फ्रेण्डसीप चेस क्लवले प्रशिक्षण दिदै आएका छन् । लिग सुरुहुनु अघि सिंहबाहिनी, भूपू सैनिक, दुर्गा, सुनाखरी लगायतका माविहरुमा बुद्धिचाल संघका नगर अध्यक्ष डम्बर बाछना राईले आधारभूत प्रशिक्षण दिएका थिए । 

    राष्ट्रिय खेलमा सहभागिहुँदै पथरी
    बुद्धिचाल संघले गत बर्ष खेलाएको १६ बर्ष मुनिका राष्ट्रिय प्रतियोगितामा मोरङ जिल्लाबाट प्रथमहुँदै एभरेष्ट बोर्डिङ स्कुलकी सेम्रिल राई इलाममा भएको प्रदेश छनौट खेल खेलेका थिए । जिल्लामा दोस्रो भएर गएको नगरकै किर्तिपुर एकेडेडीकी समिरा राई प्रदेशबाट छानिएर पोखरामा भएको राष्ट्रिय प्रतियोगिता खेलेर आएका थिए । 
    गत बर्ष भएको राष्ट्रिय प्रतियोगितामा फ्रेण्डसिप चेस क्लवका सचिव लोकसागर साम्बा दोस्रो भएका थिए । केही हप्ता अघि नाइट चेस क्लव झापाले गराएको प्रतियोगितामा फ्रेण्डसिप चेस क्लवका सदस्य निलम बस्नेत प्रथम भएका थिए । यहाँबाट अमिर राई, लोकसागर साम्बा लगायतका खेलाडीहरु बिभिन्न बर्षमा मोरङ जिल्ला च्याम्पियन भइसकेका छन् । 

    बुद्धिचाल खेलमा नेपाल
    फुटबल, भलिबल, क्रिकेट जस्तै बुद्धिचाल संघ राष्ट्रिय खेलकुद विकास समितिमा दर्ता भएर हरेक बर्ष अण्डर १६, अण्डर १० र खुल्ला उमेर समूह गरेर जिल्ला, प्रदेश छनौट खेलाउदै राष्ट्रिय प्रतियोगिता गराउद छ । 
    अन्य खेल जस्तै बुद्धिचालमा पनि हरेक बर्ष अन्तराष्ट्रिय खेल खेल्न नेपालले खेलाडी पाठउने गरेको छ । 
    पथरीशनिश्चरे नगरमा यसैगरी निरन्तर रुपमा प्रतियोगिताहरु भए राष्ट्रिय च्याम्पियनसम्म दावेदारी निकाल्न सकिने बुद्धिचाल संघ नगर अध्यक्ष डम्बर बाछना राईको भनाइ छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…