• मोरङ । शारीरिक सुगठन .(बडिबिल्डिङ)ं प्रतियोगितामा स्वर्ण पदक विजेताको अचानक मृत्युको कारण मोरङ पथरीशनिश्चरे नगरपालिका शोकमा छ ।
    पथरीशनिश्चरे—१ निवासी राईले भदौ २८ र २९ गते काठमाडौंको दशरथ रंगथशाला स्थित कभर्ड हलमा भएको ‘पाँचौ खुल्ला मिस्टर काठमाडौं’को उपाधी जितेका थिए । राष्ट्रव्यापी ‘मिस्टर काठमाडौ उपाधी’ बडिबिल्डिङ क्षेत्रमा देशकै सम्मानित र प्रतिष्ठित उपाधि हो । 
    उपाधि जितेको चार दिनपछि असोज २ गते अचानक अस्वास्थ्य भएका प्रकाश राईको ग्रान्डि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 
    राईको देहान्तको खबरले बडिबिल्डिङ लगायतका खेलाडीहरु स्तब्ध थिए । राईको शोकमा देशभर दुई दिन जिम हलहरु बन्द गरिएको थियो । नेपाली समुदायमा राईले उपाधि जितेकोमा खुसी र मृत्युपछि दुःखको खबरले समाजिक सञ्जाल छाएको छ । प्रकाशको दिदी बहिनी र भाइहरु हङकङबाट शनिबार आइपुग्ने भएपछि शव पथरी ल्याएर अन्त्यष्ठि गरिएको हो । 

    प्रकाशले यस अघि पनि जितेका थिए उपाधी
    वाल्यकालदेखि नै खेलकुदमा बिषेशगरी बडिबिल्डिङ खेलप्रति लगाब थियो । २०५४ सालदेखि नियमित रुपमा जिम हल अर्थात शारीरिक सुगठनको अभ्यास गर्दै आएका थिए । २०५८ सालमा उर्लाबारीमा भएको शारीरिक सुगठन (बडि बिल्डिङ) प्रतियोगितामा ‘उर्लाबारी च्याम्पियन’ भएर ट्रफी जितेका थिए । त्यसपछि २०७३ सालमा काठमाडौंमा भएको राष्ट्रव्यापी धर्म श्री प्रतियोगितामा ८० केजी तौल समूहमा दोस्रो भए । 
    त्यसैगरी २०७५ सालमा पोखरामा भएको ‘बुल म्यान’ प्रतियोगितामा ८० केजी तौल समूहको गोल्ड मेडल जितेर सो तौल समुहमा प्रथम भएका थिए । राईले ‘मिस्टर मकाउ’ जितेका थिए भने हङकङ आरनोल्ड क्लासिक प्रतियोगिता खेलेका थिए । पाँचौ मिस्टर काठमाडौ जितेपछि नेपालबाट एसिएन गेम खेल्ने तयारीमा थिए प्रकाश । 

    प्रदेशका तीन मन्त्रीको उपस्थिति

    प्रकाशको निजी निवास पथरीको मुन्दुम चोकमा आयोजित श्रद्धाञ्जली सभा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारी, सामाजिक मन्त्री पीके राई र राज्यमन्त्री सिर्जना राईको उपस्थिति रहेको थियो । 
    मन्त्रीहरुले शोक मन्तव्य दिदै प्रकाशको निधनले खेल क्षेत्रमा अपुरणीय क्षती भएको बताए । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई लगायतले शोक बक्तब्य दिएका थिए । बडिबिल्डिङ एसोसिएसन मोरङ अध्यक्ष गणेश नेपालीले प्रकाश राई जतिको खेलाडी उत्पादन गर्न दशकौं लाग्ने बताए । 
     

    राष्ट्रिय झण्डा र यायोक्खाको झण्डा ओढाएर सम्मान  

    प्रकाश राईको शवलाई प्रदेशका तीन मन्त्रीहरुले सरकारको तर्फबाट र पथरीशनिश्चरे नगरपालिकाको तर्फबाट नगर प्रमुख, उपप्रमुख देवीमाया काफ्ले, १ नं. वडा अध्यक्ष भीमकुमरा राई लगायतले  नेपालको झण्डा ओढाएर सम्मान गरेका थिए । त्यसैगरी किरात राई यायोक्खाको तर्फबाट नगर अध्यक्ष प्रेम वाम्बुले राई लगायतबाट संस्थाको झण्डा ओढाएर सम्मान दिएका थिए । 
     

    पथरी बजार परिक्रमा, हजारौको उपस्थिति

    श्रद्धाञ्जली सभापछि राईको शवलाई मुन्दुम चोकबाट, सुनाखरी, यलम्बर, रत्न चोच, बुद्ध चोक, शिखर चोक मन्दिर लाइनहुँदै मुख्य सडकबाट भुटानी शरणार्थी शिविर उत्तरमा लगेर समाधिस्त गरिएको थियो । 
    बजार परिक्रमा गर्दा बडिबिल्डर लगायत बिभिन्न खेल क्षेत्रका खोलाडीहरु काठमाडौदेखि काकडभिट्टासम्मबाट आएका थिए । वर्तमान र पूर्व जनप्रतिनिधिहरु, नगर प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, सदस्य सचिव नवीन खुलाल, नगरका शिक्षक, कर्मचारीहरु, विद्यार्थी लगायत हजारौको सहभागी रहेका थिए । 

    प्रहरीद्वारा सलामी, शोकमा एक दिन सार्वजनिक विदा


    नेपाली वृतमा राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चामा रहेका प्रकाश राईको पार्थिव शरीरलाई इलाका प्रहरी पथरीको टोलीले अन्तिम सलामी दिएका छन् । 
    राष्ट्रिय खेलाडी प्रकाश राईको शोक र सम्मानमा पथरीशनिश्चरे नगरपालिकाले असोज ६ गते सार्वजनिक विदाको घोषणा गरेको छ । 

    वृहत स्वागत गर्ने तयारी थियो
    प्रकाश राईले उपाधि जितेपछि पथरीशनिश्चरे नगरका आम युवाहरुले ३ गते विराटनगर विमान स्थलबाटै इटहरी, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीसम्म उत्सव ¥याली गर्ने तयारी थियो । सहभागिताको लागि ईच्छुक युवाहरुलाई सवारी साधनसहित उपस्थित हुन आव्हान गरिएको थियो । २ गते नै प्रकाशको मृत्यु भएपछि शोक ¥यालीमा सहभागी हुनुपरेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबारदेखि बुद्धिचाल (चेस)खेलको विद्यालय स्तरीय प्रथम टिम लिग प्रतियोगि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…