• मोरङ । मोरङको पथरीशनिश्चरे—८ मा आइतबार थारु महिलाहरुले सांस्कृति कार्यक्रमको आयोजना गरी जितिया मनाएको छ । 
    थारु कल्याणकरिणी सभा नगर समितिको आयोजनामा सोमबारे बजारमा जितिया विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर विभिन्न वडा, छिमेकी पालिका, झापा र सुनसरीबाट थारु भेषभूषा र भाषाको गीतमा नृत्य प्रस्तुत भएको थियो । 
    कार्यक्रममा किरात राई समुदायको साकेलाको साथै बुद्ध माविका विद्यार्थीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुम देवीमाया काफ्ले, ८ नं. वडा अध्यक्ष नवीन कार्की, ६ का चेतेन्द्र खड्का, ४ का लोककिरण न्यौपाने, नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, थारु कल्याणकारिणी सभाका जिल्ला उपाध्यक्ष बाबुराम चौधरी लगायतको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ ।  न…

काठमाडौं । कोशी नाम खारेजी र पहिचानको आधारमा नाम राख्न माग गर्दै आन्दोलनरत संगठनहरुले आन्दोलनसँगै …

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…