• मोरङ । मादक पदार्थ सेवन गरेर मातेको सुरुमा ससुराको घाँटीमा हतियार प्रहार गरेको पक्राउ परेका रबिन राईले सुरुवाति बयान दिएका छन् । 
    मोरङको पथरीशनिश्चरे ७ का ६१ वर्षिय चन्द्रबहादुर तामाङ असोज ५ गते विहान धारिलो हतियार प्रहार गरी आफ्नै घरमा मरेको अवस्थामा फेला परेका थिए । 
    सोही रातदेखि ज्वाँइ रविन राई फरार थिए । २७ बर्षिय रबिन घट्ना भएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय पथरीले धनकुटाको सहिदभूमि ७ आहाले पुगेर फिर्दै गर्दा मुलघाटबाट पक्राउ गरेका थिए । 
    पक्राउ परेको राईलाई जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की टोली सोमबार पथरीशनिश्चरे मै आएर पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन् । अभियुक्त सार्वजनिक कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतको उपस्थिति रहेको थियो । 
    यस्तो छ, रबिनको प्रारम्भिक बयान
    प्रहरी प्रमुख एसपी नवराज कार्की र डीएसपी मोहनविक्रम दाहालका अनुसार ससुरा चन्द्र तामाङ र ज्वाँइ रबिन राईको समान्य झगडा बेला बेलामा भइरहेकोे हुन्थ्यो । झगडा भइरहने हुँदा छिमेकीहरुले पनि खास वास्ता गर्दैन थिए । 
    तामाङकी श्रीमती, छोरी (रविनको श्रीमती), छोरा वैदेशिक रोजगारीमा छन् । 
    प्रहरीको अनुसार असोज ४ गते (सुक्रबार) करिव ७ बजे ससुरा, ज्वाँइको हात हालाहाल भयो । यसै क्रममा बम्फकले घाँटी, घाँटीमा काटेर हिडेको रविनले सुरुवाति बयान दिएको एसपी नवराज कार्कीले बताए । 
    ससुरालाई काटेर हिडेर मुख्य सडक आएपछि ट्रकमा चढेर इटहरी पुगेर त्यहाँ सडकमै रात विताएको विहान गाडी चढेर धनकुटा मुलघाट पुगेको वयान दिएका छन् । मुलघाटबाट करिव १६ किलो मिटर हिडेर सहिदभूमि—७ आहाले (आफन्तको घर)ं पुगेर फेरि फर्केर आउँदै गर्दा प्रहरीले पक्रेको विवरण छ । रविनलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरेर म्याथ थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । 

    ससुरालाई काटेर यस्तो बनाएका थिए 

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…