• मोरङ । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असोज १८ गते मोरङको सुन्दरहरैचा—८, सलकपुर आउने भएका छन् । 
    वाइसीएल नेपालको मोरङ जिल्ला कार्यालय र पार्टी सुन्दरहरैचा नगर समितिको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठ सलकपुर आउन लागेको हो । 
    कार्यालय उद्घाटनको साथै सांस्कृतिक झाँकी प्रदर्शन र चाडपर्वको शुभकामना कार्यक्रम राखिएको पार्टी मोरङ जिल्ला इन्चार्ज कुलप्रसाद साम्बा (कुसल)ले बताए । 
    कार्यालय उद्घाटन कार्यक्रममा युवाहरुको भ्रष्टाचार विरुद्ध मार्चपास समेत गर्ने कार्यक्रम रहेको वाईसीएल मोरङ जिल्ला संयोजक योगेन लिम्बूले जानकारी दिए । 
    श्रेष्ठ गृहमन्त्री रहदा ठूला भ्रष्टाचारको फाइलहरु खोलेर अभियुक्तहरुलाई  पक्रेर कारबाही प्रकृया अघि बढाएका थिए । प्रचण्ड प्रधानमन्त्री र श्रेष्ठ गृहमन्त्री रहदा भ्रष्टाचारका अभियुक्तहरु कारबाहीमा पर्न थालेपछि संघीय सरकार छाड्नु पर्ने वातावरण बनेको थियो । 
    सरकार छाडेर प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माओवादी केन्द्रलाई बहुमत दिए ‘भ्रष्टाचारीलाई ठोकिदिने’ वा जेल लगाइदिने भनिएको भिडियो क्लिप भाइरल भनिरहेको छ । सरकारमा हुँदा र सरकार छाडेपछि पनि माओवादी केन्द्र भ्रष्टाचार विरोधी अभियानमा लागिरहेको देखिन्छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…