• मोरङ । मोरङको पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले बुधबार विद्यार्थीहरुलाई चक्लेट र दक्षिणा स्वरुप नगद दिएर शुभकामना व्यक्त गरेको छ । 
    विद्यालयमा दशैको शुभकामना आदान प्रदानसँगै विद्यार्थीलाई चक्लेट र अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगरले दक्षिणा स्वरुप हरेक विद्यार्थीलाई नगद वितरण गरेका थिए । 
    विद्यालयका शिक्षक बलराम तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगरले उपस्थित शिक्षकहरु, अभिाभावक र विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले दशैको गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए । 
    सुनाखरी माविले शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थी संख्या बढाउन, शिक्षक, अभिावक र विद्यार्थीवीच क्रियाकलाप तिव्र बनाएको छ । कार्यक्रम शिक्षक राजकुमार राईले सञ्चालन गरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …