• मोरङ । हात्तिपाइले रोगको औषधी प्रभावकारी भए नभएको बारे शनिवारदेखि आरडीटी सर्वेक्षण हुने भएको छ । 
    लामखुट्टेको टोकाइबाट सर्ने हात्तिपाइले रोगको औषधी खुवाइउदै आएको मोरङको विभिन्न पालिकाहरुमा औषधी प्रभावकारी भए नभएको बारे सर्वेक्षण भइरहेको छ । 
    सो सम्बन्धी जानकारी दिन सुक्रबार पथरीशनिश्चरे नगरमा अभिमुखीकरण कार्यक्रम भएको थियो । पथरीशनिश्चरे नगरको १, ३, ५, ७ र ९ नं. वडामा हात्तिपाइले रोग भए नभएको सेम्पलको रुपमा सर्वेक्षण हुने भएको हो । 
    विगत १२ वर्षदेखि नगरमा हात्तिपाइले रोगको औषधी खुवाउदै आएको छ । हात्तिपाइले रोग पुन खुवाउनु पर्ने, नपर्ने विषयमा सर्वेक्षणबाट थाहा हुने नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यले बताए ।
    सेम्पलिङमा परेको नगरको ५ वटा हरेक वडामा १०५ जनाको दरले हात्तिपाइले रोग भए नभएको आरडीटी सर्वेक्षणहुने र रोग फेला नपरेमा पुन औषधी खुवाउन नपर्ने किड जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका अनुसन्धान अधिकृत चन्द्रेश्वरप्रसाद यादवले बताए ।
    अभिमुखीकारण कार्यक्रममा किड जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका कीट जन्य रोग अनुसन्धान अधिकृत चन्द्रेश्वरप्रसाद यादव र कान्जे चौधरीले सहजीकरण गरेका थिए । दुवैजना सर्वेक्षणको लागि पथरीशनिश्चरे नगर आएका हुन् । 
    सर्वेक्षणमा परेका वडाहरुमा एउटा घरमा दिउसो किड मार्फत हात्तिपाइलेको किटानु भए नभएको परीक्षण गर्ने र किटानु पाइएमा पुन मध्यराति रगत लिएर विशेष परीक्षण गरिने बताएका छन् । सर्वेक्षणमा १८ जनाभन्दा कममा मात्र हात्ति पाइले पाइए नगरमा पुन औषधी खुवाउन नपर्ने मान्यता रहेको बताए । 
    अभिमुखीकरण कार्यक्रममा उपप्रमुख देविमाया काफ्ले, वडा नं. १ का अध्यक्ष भीमकुमार राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगरका स्वास्थ्य अधिकृत जगत मगर, स्वास्थ्य सिअहेव अधिकृत एकराज खत्री, वडा सदस्यहरु, विद्यालयका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको बेलबारी लक्ष्मी मार्गमा शनिबार भएको भेलाले आदिबासी जनजाति युवा महासंघ मोरङको तदर्थ समिति …

मोरङ । जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान गर्दै मोरङको पथरीशनिश्चरे—…

मोरङ । प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको हातबाट मोरङको पथरीशनिश्चरे—१ मा निर्मित इलाका…

मोरङ । विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे—२ मा स्थापित लर्ड बुद्ध बचत तथा…