• मोरङ । जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान गर्दै मोरङको पथरीशनिश्चरे—१० स्थित पशुपति सामदायिक वन उपभोक्ता समूहको सुक्रबार १४ औं वार्षिक साधारण सभा समापन भएको छ ।
    उपभोक्ताका २५ जना जेहेन्दार छोराछोरीलाई शैक्षिक सामाग्री स्वरुप स्कुल व्याग र विद्यालय पोषाक स्वरुप जनही १५ सय रुपैयाँ प्रदान गरिएको समूहका अध्यक्ष पुष्पराज शाहीले बताए । 
    साधारण सभाको उद्घाटन कार्यक्रममा संस्थाको पूर्व अध्यक्ष चन्द्रबहादुर कार्की, उपाध्यक्ष गोपाल फूयल र कोषाध्यक्ष सकुन्तला राईलाई सम्मान पत्र र करुवाले सम्मान गरेका छन् । 
    सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गीता तिम्सिना, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश महासचिव रेनुका दाहाल, सदस्य अग्नि पौडेल, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, महासंघ नगर अध्यक्ष मैना आचार्य लगायतबाट शैक्षिक सामाग्री वितरण र सम्मान गएिको थियो । 
    समूहलाई शुभकामना दिदै प्रदेश सांसद गीता तिम्सिनाले वन क्षेत्रमा भएको कानूनी अड्चन संशोधन, कानुन निर्माण तथा यस क्षेत्रको विकासमा लागि पर्ने बताए । 
    संस्थाका उपाध्यक्ष बालकुमार मगरले स्वागत गरिएको कार्यक्रममा सचिव आरती राईले प्रगति प्रतिवेदन, लेखा समिति संयोजक ओम ढकालले लेखा प्रतिवेदन प्रस्तुत भएको थियो । 
    कार्यक्रममा सव डिभिजन वन कार्यालय पथरी, छिमेकी सामुदायिक वनका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रम विवेक न्यौपानेले सञ्चालन गरेका थिए । 

    शैक्षिक समाग्री पाउने विद्याथीहरु

सम्वन्धित समाचार

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…