मोरङ । मोरङको बेलबारी लक्ष्मी मार्गमा शनिबार भएको भेलाले आदिबासी जनजाति युवा महासंघ मोरङको तदर्थ समिति गठन भएको छ ।
संगठनको प्रदेश समितिका अध्यक्ष कमलबहादुर राना मगरको उपस्थितिमा भएको भेलाले मन्जिला सुनुवारको संयोजकत्वमा आठ सदस्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्ष पुस्प भुजेल, सचिवमा शर्मिला लिम्बू, कोषाध्यक्ष दिवस सुनुवार चयन भएका हुन् । समितिको सदस्यहरुमा जेबि आलेमगर, सुदिप श्रेष्ठ, हाङगमा बेघा लिम्बू रहेका छन् ।