• मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको २३ औं खुल्ला सभा समापन भएको छ भने बन्द सत्रमा नयाँ कार्र्यसमितिको कुरा नमिलेपछि निर्वाचनहुने स्थिति भएको छ । 
    मंगलबार पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा जेष्ठ उपभोत्ताहरुलाई सम्मान, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण र दुध उत्पादन गर्ने किसानहरुको लागि भिटामित (पशुको) वितरण गरेर समापन भएको छ । 
    दुध उत्पादन गर्ने किसानहरुको दुध दिने बस्तुको लागि भिटामिन वितरण गरिएको थियो । 
    उद्घाटन कार्यक्रममा नगर प्रमुख तुम्बापो, सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख महोमद अलाउदिन, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिव सीता चौहान रायमाझी, नगर अध्यक्ष मैना आचार्य लगायतको हातबाट भिटामिन, सम्मान तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो । खुल्ला सत्रमा समूहका अध्यक्ष मदन पोख्रेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रम जनक पोख्रेलले सञ्चालन गरेका थिए । 

    नयाँ समिति सर्वसहमत हुन सकेन, निर्वाचनहुने स्थिति

    खुल्ला सत्र समापनपछि भएको बन्द सत्रमा उपभोत्ताहरु पुरानो समितिलाई निरन्तरता दिने र नयाँ बनाउनुपर्छ भन्नेवीच कुरा नमिलेपछि निर्वाचनहुने स्थित भएको छ । 
    बन्द सत्रमा मदन पोख्रेलकै अध्यक्षतामा समिति पुन गठन हुनुपर्ने र अर्को समिति बनाउनु पर्छ भन्ने बिषयमा कुरा नमिलेपछि पूर्ब अध्यक्ष गंगा कटुवालको संयोजकत्मा निर्वाचन समिति गठन भएको छ । 
    निर्वाचन समितिमा जनक पोख्रेल र देवि राई रहेका छन् । साधारण सभा भएको १५ दिन भित्र निर्वाचन गराइसक्नु पर्ने विधानमा उल्लेख छ । निर्वाचनको मिति भने तोकिएको छैन । समूहको १९४ हेक्टर क्षेत्रफल र ३६३ घर परिवार सदस्य रहेका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…