• मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समापन भएको छ । 
    कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले खुल्ला सभामा प्रगति प्रतिवेदन पेश गरेका थिए । हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई मुख्य आधार बनाएर सञ्चालित कम्पनीले गत जेठ महिनादेखि पौडी पोखरी (स्वीमिङ पुल)ं सञ्चालनमा ल्याएको छ । 
    पौडीबाट चार महिनामा मासिक सरदर १ लाख २५ हजारभन्दा बढीको दरले रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ । जेठ २५ गते उद्घाटन भएको पौडी पोखरीबाट ५ लाख ६ हजार १५० रकम संकलन भएको छ । 
    त्यसैगरी हलभाडा वापत बर्षमा ३ लाख १९ हजार, व्याज आम्दानी ५८ हजार ३४२ लगायत गरेर बर्षभरीमा ९ लाख ८ हजार ९९२ रुपैयाँ आम्दानी गरेको देखिन्छ । 
    खर्चतर्फ कर्मचारी तलव २ लाख २७ हजार ८००, कम्पनी अद्यावधिक खर्च २ लाख ९७ हजार ७६०, पोखरीमा केमिकल खरिदमा १  लाख १८ हजार १५५, विद्युत महसुल खर्च २ लाख ३३ हजार ९५०, प्राविधिक खर्च १ लाख ६९ हजार ३२५ लगायत गरेर २२ लाख ४५ हजार ९७७ भएको प्रतिवेदनमा उल्लेख छ । 
    आय र व्यय हिसाव गर्दा गत एक आर्थिक वर्षमा १३ लाख ३६ हजार ९८५ रुपैया घाटा भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीमा ८९६ जना शेयर सदस्यहरुबाट ४८ लाख ९९ हजार ७०० रुपैयाँ संकलन भएको उल्लेख छ । 
    संकलित र अन्य रकमबाट निर्माण भएर पौडी पोखरी सञ्चालनमा आएको छ भने किचन, कार्यालय लगायत निर्माण भएको छ । हरियाली सामुदायिक वनले शेयर स्वरुप एसी जडित भवन .(हलं) कम्पनीले हिसाव राख्नेगरी सञ्चालन गर्न दिएको वा हस्तान्त्ररण गरेको छ ।  
    कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पूर्ब खेलकुद तथा युवा मन्त्री डिगबहादुर लिम्बूले कम्पनीले आगामी दिनमा नाफा गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी बर्षदेखि घाटा देख्न नपाइयोस भनेर सञ्चालकहरुलाई सुझाव दिए । 
    कार्यक्रममा उद्योगी भोलेश्वर दुलालले कुनै पनि योजना बनाउदा सय बर्षको अनुमानित तयारी गर्नुपर्ने बताए । निर्माणको चरणमा कम्पनीहरु धेरैबर्ष घाटा बेहोर्नुपर्ने दुलालको भनाइ थियो । 
    शुभकामना दिने क्रममा हरियाली साबउसका अध्यक्ष काबुलबहादुर मगरले कम्पनीले आगामी वर्षदेखि नाफामा जाने बताए । कम्पनीको पूर्व सञ्चालक गणेश बाछना लगायतले शुभकामना दिएका थिए । खुल्ला सभामा पथरीशनिश्चरे नगरका विभिन्न वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय लगायतबाट सहभागी रहेका थिए । कार्यक्रम कम्पनीका प्रबन्धक रोहित बास्तोलाले सञ्चालन गरेका थिए । 

     


     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको २३ औं खुल्ला सभा समा…

गाईले के दिन्छ ? भन त प्यारा विद्यार्थीहरु । विद्यार्थीः दुध स्याबास । खसीले के दिन्छ ? भन त । विद्यार्थी…