• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रमको भएको छ । 
    पथरी उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा शान्ति सुरक्षाको विषयमा इलाका प्रहरी कार्यालय पथरीको कार्यक्षेत्र रहेको पथरी शनिश्चरे र कानेपोखरीका सरोकारवाला समुदायसँग सुझाव लिएका थिए । कार्यक्रममा प्रहरीले दिँदै आएको सेवालाई प्रभावकारी बनाउनसमेत सुझाव माग गरिएको थियो । 
    कार्यक्रममा सहभागीबाट उठेको जिज्ञासाहरुको मोरङ जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्की, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनबिक्रम दाहाल र ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जवाफ दिएका थिए । 
    एसपी नवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, चण्डीप्रसाद राई, पुर्व प्रदेश सभा सदस्य कृष्णकुमारी राई लगायतको उपस्थिति रहेको थियो । 
    उद्योग वाणिज्य संघ पथरी महासचिव अशोक साम्पाङ, सुनाखरी माविको प्रधानाध्यापक भुमिका मगर,  वर्ष २०२४ जेसिज अध्यक्ष राजकुमार विश्वकर्मा, वडाअध्यक्ष उद्ववराज बस्नेत, राजनीतिकर्मी गोविन्द कटुवाल, लायन्स क्लब पथरीका अध्यक्ष रोशन बुढाथोकी लगायतका सहभागीहरुबाट बढ्दो लागुपदार्थ र मादकपदार्थ, चोरीडकैतीका, जुवातास, न्यूनिकरण, सडक दुर्घटना, यात्रु सहायता कक्ष विषयक प्रश्नहरु सोधिएका थिए । प्रहरी प्रमुखहरुले जनताका पक्षमा दृढ भएर लाग्ने साथै सुरक्षाको प्रत्याभूति गराउन प्रहरीले  लागि पर्दै आएको बताए । 
     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको २३ औं खुल्ला सभा समा…

गाईले के दिन्छ ? भन त प्यारा विद्यार्थीहरु । विद्यार्थीः दुध स्याबास । खसीले के दिन्छ ? भन त । विद्यार्थी…