मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र दुई कोषाध्यक्षवीच चुनावि प्रतिष्पर्धा भएको छ ।
अध्यक्षमा हरी निरौला, जगत तिवारी र शिवप्रसाद भट्टराईवीच प्रतिष्ष्र्धा भएको छ । मतदान मंगलबार विहानैदेखि भइरहेको छ । कोषाध्यक्षमा धनबहादुर श्रेष्ठ र गणेश दाहालवीच प्रतिष्पर्धा भएको छ ।
समूहमा ३०२ जना उपभोक्ता मतदाता रहेको सो सामुदायिक वनको पूर्व अध्यक्ष मदन पोख्रेलले बताए । मतदान अपरान्ह ३ बजेसम्म राखिएको निर्वाचन समितिका सदस्य जगक पोख्रेलले बताए ।
नयाँ समितिका लागि उपाध्यक्षमा मुनादेवि पौडेल, सचिवमा दृश्य बगाले, सहसचिवमा विकास तामाङ सर्वसहमत चयन भएका छन् ।
सदस्यहरुमा विष्णु श्रेष्ठ, शान्तिमाया बिक, पवित्रा खड्का, गोपाल गिरी, सुनिता राई, पदमबहादुर गुरुङ र प्रतिक्षा थापा सर्वसहमत चएन भएका छन् ।