• मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला निर्वाचित भएका छन् । 
    समूहमा ३०२ जना मतदाता रहेकोमा २४४ मत खसेको थियो ।  जसमध्ये ८ मत बद्धर र २३६ मत सदर रहेको थियो । २३६ मतमा बिजेता हरि निरौलाले १२२, निकटतम प्रतिद्वन्द्वी जगत तिवारीले ६४ र अर्का उमेद्वार श्याम भट्टराईले ४८ मत प्राप्त गरेका थिए । 
    कोषाध्यक्षमा १३८ मत ल्याएर धनबहादुर श्रेष्ठ बिजयी भएका छन् । सो पदका अर्का उमेद्वार गणेश दाहालले ८९ मत ल्याएका छन् ।  
    नयाँ समितिका लागि उपाध्यक्षमा मुनादेवि पौडेल, सचिवमा दृश्य बगाले, सहसचिवमा विकास तामाङ सर्वसहमत चयन भएको समूहका पूर्ब अध्यक्ष मदन पोख्रेलले बताए । 
    सदस्यहरुमा विष्णु श्रेष्ठ, शान्तिमाया बिक, पवित्रा खड्का, गोपाल गिरी, सुनिता राई, पदमबहादुर गुरुङ र प्रतिक्षा थापा सर्वसहमत चएन भएका छन् । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई भोली बुधबार सफत ग्रहण गराउने कार्यक्रम रहेको निर्वाचन समितिको सदस्य जनक पोख्रेलले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…