• मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम वडा अध्यक्ष भेट्रान पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता—२०८१ आजदेखि सुरु भएको छ । 
    पथरीशनिश्चरे भेट्रान एफसीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । आज भएको उद्घाटन खेलमा दुधे झापा भेट्रान एफसीलाई ३—१ गोल अन्तरले पराजित गर्दै उर्लाबारी भेट्रान दोस्रो चरणमा प्रवेश गरेको छ । 
    उर्लाबारीको तर्फबाट प्रेम पोख्रेल, गंगा कार्की र खेम पोख्रेलले गोल गरेका थिए । दुधे झापाको तर्फबाट भिष्म खरेलले एक गोल फर्काएका थिए । उद्घाटन खेलको म्यान आफ द म्याच बिजेता उर्लाबारीका खेलाडी गंगा कार्की घोषित भए । 
    प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालको प्रमुख अतिथ्यतामा भएको थियो । उद्घाटन कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । 
    प्रतियोगितामा मोरङको उर्लाबारी, पथरीशनिश्चरे, विराट, साहारा, विराटनगर, सतिसाले भेट्रान एफसी र झापाको दुधे र दमक भेट्रान एफसी सहभागीहुने आयोजक समितिका अध्यक्ष टिकाराम राईले बताउनुभयो । भोलीको खेल आयोजक पथरीशनिश्चरे भेट्रान र मिल्स विराटनगरवीच हुने आयोजक समितिले जनाएको छ । 
    प्रतियोगिताको बिजेता टिमलाई १ लाख एक हजार, दोस्रो हुनेलाई ५५ हजार ट्रफि, मेडल  र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…