मोरङ । उर्लाबारी भेट्रान मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी मोरङले बिराट भेट्रान सुन्दरहरैचालाई ४—१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
उर्लाबारीका लागि खेम पोख्रेलले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए भने अर्को गोल शन्तोष राईले हानेका थिए । बिराट भेट्रानको तर्फबाट सुरज प्रधानले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द भेट्रान बिजेता उर्लाबारीको खेम पोख्रेल घोषित भए ।
म्यान आफ द भेट्रान खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि शैक्षिक अभियानता समाजसेबी प्रदीपकुमार राई र आयोजक समितिका अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।
भोलीको अन्तिम सेमिफाइनल खेल आयोजक पथरीशनिश्चरे भेट्रान र सतिसाले केराबारी मोरङवीच हुने आयोजक दीपक पुलामी मगरले बताउनु भयो ।