• मोरङ । उर्लाबारी भेट्रान मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
    आज भएको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी मोरङले बिराट भेट्रान सुन्दरहरैचालाई ४—१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 
    उर्लाबारीका लागि खेम पोख्रेलले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए भने अर्को गोल शन्तोष राईले हानेका थिए । बिराट भेट्रानको तर्फबाट सुरज प्रधानले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द भेट्रान बिजेता उर्लाबारीको खेम पोख्रेल घोषित भए । 
    म्यान आफ द भेट्रान खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि शैक्षिक अभियानता समाजसेबी प्रदीपकुमार राई र आयोजक समितिका अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो । 
    भोलीको अन्तिम सेमिफाइनल खेल आयोजक पथरीशनिश्चरे भेट्रान र सतिसाले केराबारी मोरङवीच हुने आयोजक दीपक पुलामी मगरले बताउनु भयो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ ।  न…

काठमाडौं । कोशी नाम खारेजी र पहिचानको आधारमा नाम राख्न माग गर्दै आन्दोलनरत संगठनहरुले आन्दोलनसँगै …

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…