मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने भएको छ ।
२०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभिायन समिति लगायतबाट कोशी नामको विरोध घोषणा भएकै दिनबाट सुरु भएको थियो ।
आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी, जसपा नेपाल .(हाल दुबै संगठनं), माओवादी केन्द्र सम्बद्ध किरात र लिम्बुवान मोर्चाका नेता कार्यकर्ताहरुले आन्दोलन थालेका थिए ।
नागरिक उन्मुक्ति पार्टी, पहिचानवादी मोर्चा, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ लगायतको संगठनले निरन्तर आन्दोलन गर्दै आएको छ । आन्दोलनको क्रममा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)ले सहादत (सरकारबाट सहिद घोषणां) प्राप्त गरेका छन भने प्रहरीको गोली लागेर गजेन्द्र फागोको खुट्टा जीवनभर काम नलाग्ने गरी घाइते छन् । आन्दोलनमा दिक्षा क्षेत्री, सञ्जय राई लगायत २५० बढी घाइते भएका छन् ।
आन्दोलनकै क्रममा इलाम माङ्सेबुङको आशिष लिम्बू १९ महिनादेखि जेलमा रहेका छन् । प्र्रदेश सरकार र आन्दोलनरत पक्षको ३ चरणमा वार्ता भएपनि पुन नामकरणको प्रकृया अघि बढेको छैन् ।
आइतबार विराटनगरमा विरोध प्रदर्शनसँगै नयाँ चरणको आन्दोलन घोषणा कार्यक्रमको आयोजना राखेको छ ।
विरोध सभालाई सम्बोधन गर्न माओवादी केन्द्रको उपाध्यक्ष पूर्बमन्त्री पम्फा भुसाल, पहिचानवादी मोर्चाका सदस्य सचिव पूर्ब मन्त्री गोपाल किराती, जसपा नेपाल सहअध्यक्ष पूर्ब मन्त्री रकम चेम्जोङ, सोही पार्टीको पूर्ब प्रदेशमन्त्री जयराम यादव, प्रदेश १ को पूर्व मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष् रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्षः विस्वभक्त दुलाल (आहुती), जसपाका केन्द्रीय नेता रमेश राई .(अशोक राई नेतृत्वं) लगायत आउने निश्चित भएको संघर्ष समितिको संयोजक प्रेम एक्तेनले बताए ।
विरोध सभामा पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिमबाट नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणाहुने तयारी भएको छ ।
पहिचान आन्दोलनको संयोजक किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेनको नेतृत्वमा हुने कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन .(मिराकं), नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, नेपाल आदिबासी जनजाति महासंघका महासचिव दिवस राई, किरात राई यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राई, शेर्पा संघका महासचिव लाक्पा शेर्पा लगायत उपस्थितिमा हजारौको सहभागितामा नयाँ चरणको आन्दोलन घोषणा हुने आयोजकले जनाएको छ ।