• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नुमना विद्यालय पञ्चायत माविमा तीन दिने पिटि (फिजिकल ट्रेनिङ) तथा विद्यार्थीको क्षमता विकासमा उत्प्रेरणा मूलक कार्यक्रम हुने भएको छ ।
    पथरीशनिश्चरे नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना हुने कार्यक्रममा नगरपालिका वडा नं १ कार्यालयको आर्थिक सहयोग हुने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन पञ्चायत माविले गर्ने सो विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । 
    मंसिर १३, १४ र १५ गते हुने कार्यक्रममा नेपालकै चर्चित प्रशिक्षक हरिस ओली आउने नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । ओलीले देशको विभिन्न विद्यालय पुगेर असल विद्यार्थी बनाउन शिक्षक, अभिभावक र स्वयम  विद्यार्थीको भूमिका बारे मोटिभेसनल शिक्षा दिदै आएका छन् । 
    ओलीले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, पिटि शिक्षक र विद्यार्थीहरु, शिक्षकहरु, जनप्रतिनिधिहरु, कर्मचारी, अभिभावकहरुलाई छुट्टाछुट्टै र सामुहिक रुपमा पिटि कार्यालय, असल अध्यास तथा प्रशोधिकरण, मोटिभेसनल कक्षा, प्राथाना व्यवस्थापन, मार्चपास तथा राष्ट्रियगान व्यवस्थापन लगायतको कार्यक्रम रहेको शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । 
    कार्यक्रमले असल विद्यार्थी निर्माणका लागि आचरणमैत्री शैक्षिक वातावरण निर्माण, संमृद्ध राष्ट्र निर्माण लागि असल नागरिक उत्पादन गर्न प्रेरणा जगाउनुको साथै क्षमता विकासका सहयोग पुग्ने बताइएको छ । 
    तीन दिनसम्म हुने कार्यक्रममा विहान ८ देखि साँझ ५ बजेसम्म समुहिक र छुट्टाछुट्टै कार्यशालाको तयारी गरिएको कार्यक्रम व्यवस्थापकको जिम्मा पाएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए । 
    कार्यक्रमको लागि नगर शिक्षा तथा खेलकुद शाखा र पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले आर्थिक व्यवस्थापन गरेको नगर कार्यपालिका सदस्य तथा वडा अध्यक्ष भीमकुमार राईले बताए । 
    कार्यक्रममा पञ्चायत माविका कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरु, शिक्षक, कर्मचारी र नगरमा रहेका २८ वटा सरकारी विद्यालयबाट कक्षा १—१२ चलेको विद्यालयबाट ३५ विद्यार्थी ५ पिटि शिक्षक, १—१० चलेकोबाट २० विद्यार्थी ४ पिटि शिक्षक, १—८ चलेकोबाट १५ विद्यार्थी ३ पिटि शिक्षक, १—५ चलेको विद्यालयबाट १० विद्यार्थी २ पिटि शिक्षक सहभागी हुने बताइएको छ । 

    पीटी सिक्दै विद्यार्थीहरु

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…