• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा रहेको पञ्चायत माविमा तीन दिने सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको छ । 
    नमुना घोषित पञ्चायत माविको आयोजनामा सुरु भएको कार्यक्रम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र १ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको हो । 
    विद्यार्थीलाई जागरुक र अनुशासित राख्न संगीतको तालमा ४१ वटा पीटी (फिजिकल ट्रेनिङ) शिकाइने प्रशिक्षक हरिश ओलीले बताए । 
    त्यसैगरी सरकारी विद्यालयमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देही बुटवल—१० मा रहेको कालिका माविका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक गुणस्तर सुधारको लागि शैक्षिक व्यवस्थापन महत्वपूर्ण भूमिका हुने भन्दै अनुभव सुनाएका छन् । 
    थापाले नगरमा रहेका २८ वटा सरकारी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आफ्नो अनुभव शेयर गरेका हुन् । 
    नेपालमै उत्कृष्ट बन्न सफल कालिकाका प्रअ थापाले शैक्षिक व्यवस्थापन विद्यालयको गेटैबाट सुरुहुने बताए । विद्यालयको गेट कस्तो छ ? गेटमा बस्ने पालेको व्यवहार, त्यसपछि विद्यालयको सरसफाइ, शौचालयको सफाइ, शिक्षकहरुको विद्यार्थीसँगको सम्बन्ध मैत्री पूर्ण हुनुपर्ने बताए ।  
    सरसफाइ सफाइ कर्मचारी मात्र नभएर विद्यालयका प्रधानाध्यापक, शिक्षकरु, विद्यार्थी सबै लाग्नुपर्ने प्रअ थापाले बताए । 
    शिक्षकहरुको विषय अनुसारको छुट्टाछुट्टै कार्यालयहुनुपर्ने र हरेक शिक्षक विद्यार्थीको भावना बुझ्ने सिर्जनसिल, मेहनति हुनुपर्ने थापाले नगरका प्रधानाध्यापक र विद्यालयका अध्यक्षहरुलाई बताए । 
    तीन दिनमा उत्प्रेरकहरुले विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई समेत शैक्षिक गुणस्तर वृद्धिको लागि आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ । 
    कार्यक्रम सुरुहुनु अघि पञ्चायत मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । 
    कार्यक्रम पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले स्वागत तथा कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए । संविधान सभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतले शुभकामना दिइएको कार्यक्रममा पथरीशनिश्चरे शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायतको उपस्थिति रहेका थिए । संगीतसहितको पीटी मा २८ वटा विद्यालयबाट पठाइएको करिव ५ सय विद्यार्थी र रहेक स्कुलका २ भन्दा बढी पीटी शिक्षकहरु सहभागी हुने आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए । 

    पीटीमा सहभागी विद्यार्थीहरु


     

सम्वन्धित समाचार

मोरङ । प्रधानमन्त्री केपी ओलीलाई आइतबार झापाको दमकमा प्रदेश नं. पुनः नामङकन संयुक्त संघर्ष समितिका कार्यकर्…

मोरङ । लेखक दीपेन्द्रराज तिम्सिनालाई सम्मान तथा गजल वाचनको आयोजना गरी शनिबार मोरङको पथरी जेसीजको १४ औँ …

मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गु…

फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्…