• मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको प्रथम अन्तर विद्यालयस्तरीय टिम चेस च्याम्पियनसिप प्रतियोगिताको छैटौँ चरण पुग्दा एभरेष्ट बोर्डिङ स्कुलको अग्रता कायम रहेको छ ।  
    तीन चरणमा ९ राउण्ड लेखाइने खेलको आज (मंसिर १४) छैठौं चरणको खेल समाप्त भएको छ । छैठौ चरण सकिँदा पथरीशनिश्चरे–१, स्थित एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल शत प्रतिशत जित दर्ता गर्दै अग्रस्थानमा रहेको छ । 
    एभरेष्टले दोस्रो दिन तेस्रो चरणमा मोरङ मेरिगोल्ड अंग्रेजी हाई स्कूललाई २–१ ले, चौथो चरणमा सिंहवाहिनी माध्यमिक विद्यालयलाई ३–०, पाँचौ चरणमा बाल्मीकि मेमोरियल बोर्डिङलाई २–१ र छैटौ चरणमा कीर्तिपुर एकेडेमीलाई ३–० ले पराजीत गरेको थियो । एभरेष्ट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । 
    त्यसेगरी ६ खेलमा ५ जीत र १ हार नतिजा निकालेको बाल जागरण विद्या मन्दिरले पछ्याइरहेको छ । बाल जागरणले तेस्रो चरणमा दुर्गा माध्यमिक विद्यालयलाई ३–० ले पराजित गरेको थियो भने चौथो चरणमा मोरङ मेरिगोल्डसँग ३–० ले नै पराजित भएको थियो । बाल जागरणले पाँचौ चरणमा सिंहवाहिनीलाई २–१ र छैटौँ चरणमा बाल्मीकिलाई १–२ ले पराजीत गरेको थियो । 
    त्यसैगरी ६ खेलमा ४ जीत २ हारको नतिजा निकालेको मोरङ मेरिगोल्ड र बाल्मीकि क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । 
    स्वीस म्यानेजर अन्तर्गत टिम राउण्ड रोबिन आधारमा सञ्चालित च्याम्पियनसिपमा पथरीशनिश्चरे नगरपालिकाभित्रका निजी तथा सामुदायिक १० विद्यालयहरुको सहभागिता रहेको छ । 
    तीन टिम रेलिगेशनमा पर्ने च्याम्पियनसिपको टेबलको पुछारमा दुर्गा माध्यमिक विद्यालय, बालकल्याण माध्यमिक विद्यालय र सिंहवाहिनी माध्यमिक विद्यालय रहेको आयोजक समितिका अध्यक्ष डम्बर बाछाना राईले बताए । 
    तीन  चरणमा खेलाइने प्रतियोगिता यस अघि ३ राउण गराइएको थियो । आज ३ राउण्ड र फागुनमा अन्तिम ३ राउण्ड खेलाइने बताइएको छ । खेलाडी उत्पादनकाहिसावले यो प्रतियोगिता उपलब्धी मुलक रहेको छ । 

    स्कोर

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…