• फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । 
    नेपालकै नमुना विद्यालय बुटवलका कलिका मावनज्ञान माविका पीटी (फिजिकल ट्रेनिङ) शिक्षक हरिश ओली भन्छन ‘शिक्षक त सबै हुन्छ, विद्यालय बनाउनु छ, शैक्षिक स्तर वृद्धि गर्नुछ भने प्रधानाध्यापक मात्र होइन रहेक शिक्षक रोल मोडल (असल उदाहरणीय) बन्नु पर्दछ ।’ तीन दिनदेखि मोरङको पञ्चायत माविको आयोजनामा भइरहेको पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रमका प्रशिक्षक हरिश ओली थप्छन ‘सफलताको लागि खुसी र सकारात्मक सोच पहिलो सर्त हो ।’
    सुक्रबार पथरीशनिश्चरेका शिक्षकहरुलाई उत्प्रेरणा जगाउन सुरु गर्दैगर्दा ओली भन्दै थिए सबै सर, मिसहरुको अनुहारमा हाँसो देखिनु प¥यो, तपाईहरुको अनुहारमा रिस, आवेग, आक्रोश देखियो भने विद्यार्थीले सहि ढंगले शिक्षा लिन सक्दैनन् । त्यसबेला तपाई सफल बन्न सक्नुहुन्न । तपाई असफलहुँदा विद्यालय सफल बन्न सक्दैन । 
    प्रशिक्षक ओलीले समाजको चित्रणहुने गरी आफ्नो जीवनको संघर्ष अनि सफलताको कथा, नेपालकै नमुना विद्यालय कालिका मानवज्ञान माविको इतिहास र वर्तमान अवस्था कलात्मक शैलीमा बताए । 
    पञ्चायत माविको विज्ञान संकायको माथिल्लो हलमा खचाखच भरिएका पथरीशनिश्चरे नगरका चार सय बढी सरकारी शिक्षकहरु करिव साढे ३ घण्टा ध्यान पूर्वक सुनिरहे । 
    कालिकामा ८ हजार १८६ विद्यार्थी, २९४ शिक्षक, १७८ वटा कक्षा कोठा, ४ वटा प्रशासकीय भवन, ६० वटा शौचालय रहेको विवरण सुनाए । ७ सय विद्यार्थी भर्ना लिनु बेलामा ६ हजारले इन्ट्रान्स परीक्षा दिन आउने विवरण सुनाए । 
    एसइई र कक्षा १२ मा उच्च जीपीएसहित सतप्रतिशत नजिता ल्याउने कालिका माविमा कोचिङ र ट्युसन पढाउन प्रतिबन्द रहेछ । ओलीको तर्क थियो ४५ मिनेट शिक्षकले राम्रो पढाएमा विद्यार्थीलाई ट्युसन, कोचिङ चाहिन्न । 
    निजी शैक्षिक संस्थाहरुमा पढाउने शिक्षकलाई अतिरिक्त कक्षा नदिने र कालिकामा मात्र पढाउने शिक्षकलाई सरकारी तलवमा १५ प्रतिशत थपेर कक्षा दिइने गरिएको रहेछ । ओलीको भनाइ थियो ‘निजी लगायत बाहिर पढाएर स्कुल आउने शिक्षकहरुको ज्ञान पनि बाँडिदो रहेछ, त्यसैले कालिकामा अतिरिक्ता कक्षा दिइन्न ।’
    पीटी शिक्षक हरिश ओलीले देशको विभिन्न स्थानमा यस्तै कक्षाहरु दिन जाँदा भेटाएको सजिव कथाहरु मौखिक अनि दृश्य (भिडियो)ंले शिक्षक शिक्षिकाहरुलाई रुवाए । यथार्थपरक कथाहरु सुनेर, देखेर प्राय सबै शिक्षक, शिक्षिकाहरुको आँखा रसाएका देखिन्थे । केही बोल्छु भनेर मञ्चमा गएका सुनाखरी माविका प्रधानाध्यापक भूमिकादेवि मगर डाकै छोडेर रोए । 
    पथरीशनिश्चरे नगरका शिक्षा विभाग प्रमुख नवीन खुलाल कार्यक्रमबारे माइक समाएर केही बोल्न लाग्दा आँशु थाम्न सकेनन । बोली रोकियो मञ्च छाडेर कुर्सीमा पुगेर आँशु व्यवस्थापन गर्दैथिए । 
    विज्ञानका शिक्षक बुद्धिनाथ अधिकारी भन्दै थिए विहान विज्ञानका विद्यार्थीलाई उत्प्रेरणा जगाउदा विद्यार्थी मात्र होइन प्रधानध्यापक अर्जुन बुढाथोकीले समेत मन थाम्न सकेनन् । विद्यार्थीहरुसँगै रोए । पत्रकार समेत रहेका शिक्षक भूमिप्रसाद पाठक भन्दै थिए ‘टेलिभिजनको लागि भिडियो खिच्दै थिएँ म पनि एक्कासी भावुक भएछु ।’ 
    ओलीले नगरका २८ वटा सरकारी विद्यालयबाट सहभागी करिव चार सय विद्यार्थी र ५० बढी शिक्षकहरुलाई संगीतको धुनसहित पीटी सिकाइ रहेका छन् । पीटी शिक्षक, विद्यार्थीहरु, अभिभावकलाई समेत हाँसो र रोदनसहित शिक्षण सिकाई, शैक्षिक व्यवस्थापन र उत्प्रेरणा दिइरहेका छन् । 
    मानिस मन छोएपछि आँशु झर्ने हो । शिक्षक विद्यार्थीहरुको मानमा बस्नु सक्नुपर्ने, डर त्रासमा होइन मैत्रीपूर्ण वातावरणमा सिकाईहुनु पर्छ भन्ने सन्देश दिइरहेका छन ओली । कुरा काट्न छाडेर विद्यालय सफल बनाउन सम्पूर्ण शिक्षकहरु एकजुट भएर लागे सफलता हाता पर्ने भनाइ छ ओलीको । 
    सुक्रबार शिक्षकहरुलाई सिकाई उत्प्रेरणा जगाउने सेसनको अन्तमा गणितका शिक्षक महेन्द्र ढुङ्गाना लगायतले ओलीको प्रशंसा गरे । 
    कार्यक्रमका वीचमा आइपुगेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले यो कार्यक्रम इतिहासमै सबैभन्दा प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । सकारात्मक सोच र मनमुटुबाट लाग्दा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बिषय राख्दै तुम्बापोले आफू सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । 
    आयोजक पञ्चायत माविका प्रअ अर्जुन बुढाथोकीले पथरीशनिश्चरे नगरको इतिहासमा एउटै स्थानमा सरकारी विद्यालयका शिक्षकहरु यति धेरै भेला भएको र धै¥यता पूर्वक कार्यक्रम हेरेको यही हो भनेर प्रतिक्रिया दिए । कार्यक्रममा पञ्चायत मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, १ नं. वडा अध्यक्ष भीमकुमार राई, नगर शिक्षा समितिका सदस्य पर्शु मिश्र, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु कार्यक्रम भरीनै ध्यानपूर्वक सहभागी थिए । 
    नगरका करिव ४ सय शिक्षकहरु उत्सुकता, अनि ध्यानपूर्वक कार्यक्रम भरी हल नछाडेको देख्दा शैक्षिक क्षेत्रमा राजनीति नछिर्ने हो भने,  वातावरण बने शिक्षकहरु विद्यालय बनाउन लाग्ने देखिन्छ । मंसिर १५ गते (भोली) भब्य समारोहवीच कार्यक्रम समापनहुने आयोजक पञ्चायत माविले जनाएको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…