• मोरङ । लेखक दीपेन्द्रराज तिम्सिनालाई सम्मान तथा गजल वाचनको आयोजना गरी शनिबार मोरङको पथरी जेसीजको १४ औँ वार्षिकोत्सव कार्यक्रम भएको छ । 
    चौधौं वार्षिकोत्सवको अवसरमा पथरी जेसीजको पूर्ब अध्यक्षसमेत रहेका पुस्तक लेखक दीपेन्द्रराज तिम्सिनालाई सम्मान गरिएको थियो । 
    तिम्सिनाले इतिहासमा पथरीशनिश्चरे, मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नम्बर २ एक चिनारी, जेसिज दस्तावेज विगतदेखि वर्तमानसम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरीशनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो, माईखोलादेखि पुनर्वास सम्म, इतिहासमा गुमनाम विषे नगर्ची जस्ता दर्जन बढी पुस्तकहरु खोज गरेर प्रकाशन गरिसकेका छन् । 
    पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गीता तिम्सिना, जेसीज पूर्व राष्ट्रिय अध्यक्ष अशोक शंकर लगायतले शुभकामना दिएका थिए । 
    सोही अवसरमा झापा, मोरङ, सुनसरी, धनकुटाका ७ जना गजलकारहरूले गजल वाचन गरेरका थिए । 
    कार्यक्रममा सुनसरीका राजन भट्टराई, धरानकी तारा दिप्साली राई, मोरङ उर्लाबारीका टिका खड्का .(राष्ट्रप्रेमी), मुना आत्रेय, ओमप्रकाश शर्मा .(अभिन्न)ं, दमक झापाकी कल्पना आचार्य, धनकुटा पाख्रीबासका निश्चल भण्डारीले आफ्ना सुन्दर गजलहरु वाचन गरेर दर्शक÷श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए । 
    पथरी जेसिजकी महासचिव निर्मला भट्टराईले उद्घाटन र साहित्यतर्फको कार्यक्रमको सञ्चालन दिपक दियालोले गरेका थिए । 
    कार्यक्रममा साहित्यकार तथा पत्रकार भूपेन्द्रराज तिम्सिना, साहित्यकार लक्ष्मीप्रसाद फुयाल, पथरी शनिश्चरे  नगरपालिकाका पूर्व मेयर दिलिप राई, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, जेसीजको मातृ तथा भगिनी शाखाहरूबाट जेसिज पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 
    नगेन्द्रबहादुर घिमिरेको संयोजकत्वमा जेसीज सप्ताह काक्रममा पथरी शनिश्चरे वडा नं १. का डाँसखोलाको आर्यघाट सरसफाई, सचेतना बोर्ड स्थापना, वडा नं २ को पथरी नगर अस्पताल परिसर सरसफाई, जेसीज गाउँ घोषणा सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । प्रधानमन्त्री केपी ओलीलाई आइतबार झापाको दमकमा प्रदेश नं. पुनः नामङकन संयुक्त संघर्ष समितिका कार्यकर्…

मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गु…

फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको प्रथम अन्तर विद्यालयस्तरीय टिम चेस च्याम्प…