मोरङ । प्रधानमन्त्री केपी ओलीलाई आइतबार झापाको दमकमा प्रदेश नं. पुनः नामङकन संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री ओली दमकमा निर्मित भ्यु टावर उद्घाटन गर्न आउने क्रममा झापा दमक चोकमा कालो झण्डा प्रदर्शन गरेका थिए ।
नारा जुलुससहित प्रदर्शन गर्ने क्रममा पहिचानवादी नेताहरु केदार धिमाल, गङ्गा राई (शेर्मा), मात्रिका धिमाल, याम लोरिङ्देन, बिक्रम वनेम फागो, दिनेश किराती, एलबि पालुङ्वा, सोम चेम्जोङ, बिबेक सुनुवार, देउमान साम्रा लिम्बू (भाईचुङ) र तीर्थ खडकालाई पक्राउ गरेका थिए ।
पक्राउ परेका कार्यकर्ताहरुलाई प्रहरीले कुटपिट गरेर घाइतेसमेत बनाएको नेता डकेन्द्रसिंह थेगिमले बताए । केपी ओली पूर्बबाट दमक आइपुग्दा कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार, राज्य आतंक बन्द गर लगायतको नारा लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा डकेन्द्रसिंह थेगिम (पहिचान अभियान समितिं), कुमार लिङ्देन (मिराक)(संलोराम), अर्जुन जम्नेली राई .(किराया), अशोक चेम्जोङ .(नाउपा), सञ्जय राई (जसपा, नेपाल), केदार धिमाल (पहिचानवादी मोर्चा), कियाचु, जनमुक्ति पार्टी, जसपा, लगायत नेता कार्यकर्ताहरु उपस्थिति रहेका थिए ।
शान्तिपुर्ण रुपमा नारा जुलुस र कालो झण्डा प्रदर्शन गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी निशन थापा मगरले जबरजस्ति झण्डा खोस्ने प्रयास गरेपछि प्रहरी र आन्दोलनकारीवीच पटक पटक घम्साघम्सी भएको थियो ।
डीएसपी मगरले अनआवश्यक रुपमा दादागिरी प्रदर्शन गर्न खोजेपछि आन्दोलनकारीहरु आक्रोशित भएका थिए । डीएसपी मगरले आन्दोलनरत पक्षलाई आक्रोशित बनाउन खोजेपनि पहिचान पक्षधर नेता कार्र्यकर्ताहरु संयमता पूर्वक प्रदर्शन गरेका थिए ।
ठूलो मात्रा उपस्थित प्रहरी अधिकृतहरुले संयमता अपनाएपनि डीएसपी थापा मगर भने सीपाईको जस्तो व्यवहार प्रदर्शन गरेको पहिचानवादी नेता अशोक चेम्जोङको प्रतिक्रिया छ ।
सुरक्षाका लागि खटिएका इन्स्पेक्टर, सई, असईहरु संयमता अपनाएपनि डीएसपी निशन थापा मगर भने आफै अघि लागेर दादागिरी शैलीमा वरपर गर्दै आन्दोलनकारीलाई समाइरहेको, भिडिरहेको आलाकाचा पनको दृश्य देखिएको नेता चेम्जोङले बताए ।
करिव २ बजे पक्राउ गरेका नेताहरु ६ घण्टापछि ८ बजे राति ११ जनै रिहाइ भएका छन् । रिहाइ पछि इप्रका दमक अगाडी आयोजित कोणसभामा कोशी नाम विरुद्ध नारा जुलुस गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले कोपी ओली लगायत ८२ प्लस ३ लाई कालो झण्डा लगायत प्रदर्शन र कोशी नाम खारेजी नभए अझ कडा आन्दोलनहुने चेतावनी दिए ।
केपी ओलीले हरेक मन्तव्यहरुमा आदिबासी जनजाति, दलित, मधेशी, मुश्लिम, महिला, निम्न वर्गीय खस÷आर्यको नाम कहिले नलिने गरेको र यी उत्पीडित समुदायको अधिकारको कुरा गर्दा ‘आतंककारी’ भन्ने गरेको कोणसभाका वक्ताहरुले बताए ।
ओलीले किन उत्पीडित समुदायका नाम कहिल्यै लिदैनन् एमाले भित्रका यी समुदायले प्रस्नगर्नुपर्ने वक्ताहरुले बताएका छन् । कोण सभामा डीएसपी थापा मगरले जस्तो आन्दोलनकारीले पनि आलाकाचा र अपरिपक्क व्यवहार देखाए क्षति बढ्न सक्ने चेतावनी दिए । पहिचानवादी संगठनले मंसिर २ गते विराटनगरमा शान्तिपूर्ण बृहत जनप्रदर्शन गरेका थिए ।
आन्दोलनको तस्वीरहरु (२३ मंसिर २०८१