• मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनले रामचन्द्र सुब्बाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । 
    सम्मेलनले कृष्णबहादुर बस्नेत, बिनोद धिमाललाई उपाध्यक्ष, सचिवमा हरिकुमार शेर्मा, सहसचिव राज वनेम र कोषाध्यक्षमा देविमाया शेर्मालाई चयन भएका छन् । 
    सदस्यहरुमा सावित्रा बिक, धनबहादुर शिवा, टेकबहादुर पराजुली, सुमित्रा चौधरी, अमृत धिमाल, पूर्णबहादुर लिम्बू, तिनिहाङ वनेम, लक्ष्मी बुढाथोकी, पूर्णबहादुर कार्की, कुमार थापा र रुद्रकुमारी सुबेदी सर्बसहमत चयन भएका छन् । 
    सम्मेलनले सल्लाहकारमा शान्तिराम खड्का, लालबहादुर बस्नेत, हर्क गौतम र रेनुका अधिकारी चयन भएका छन् । 
    पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्र्जुन जम्नेली राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्र्टीको नगर अध्यक्ष गोबिन्दा कटुवाल, प्रदेश समिति सल्लाहकार सदस्य शिव तिम्सिना, अखिल नेपाल लेखक संघका प्रदेश नेता ओम श्रमिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक ईश्वर चौहानको सभापतित्वमा भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…