• मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सिली नाच प्रतयोगिता समापन भएको छ । 
    पथरी साकेला थानमा भएको प्रतियोगितामा वडा नं. ९ र १०को संयुक्त टोली प्रथम, वडा नं. १ दोस्रो र ३ र ७ को संयुक्त टोली तेस्रो भएको आयोजक समितिका अध्यक्ष प्रेम वाम्बुले राईले बताए । ७ वटा टोली सहभागी भएको सिली प्रतियोगितामा २ र ४ नं. वडा समिति सान्त्वना भएका थिए । प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई ७ हजार, ५, ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको किरात राई यायोक्ख नगर सचिव निर्मला राईले बताए । 
    उद्यौलीको अवसरमा साकेला पुजा पछि शुभकामना आदानप्रदान र साकेला सिली प्रतियोगिता भएको थियो । 
    कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, नगरको पूर्ब प्रमुख दिलिपकुमार राई, २ नं. वडा अध्यक्ष नैना राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । आयोजक समितिको उपाध्यक्ष प्रेम चाम्लिङ राईले स्वागत गरेको कार्यक्रममा नेपालको संस्थापक राजा यलम्बरको मूर्तिमा माला अर्पण गरेका थिए । 

    कोशी नाम खारेजी नभए निर्णायक आन्दोलनहुने


    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले कोशी नाम खारेजीको प्रकृया अघि नबढाए निर्णायक आन्दोलन थाल्ने चेतावनी दिए । 
    कोशी नामले प्रदेशबासीको साझा भावनको प्रतिनिधित्व नगर्ने भएकोले तुरुन्त खारेजी प्रकृयामा लाग्न आग्रह गर्दै आगामी फागुन भित्र प्रकृया अघि नबढे निर्णायक आन्दोलन अघि बढ्ने बताए । 
    कोशी नाम भएको बोर्ड नराख्न, लेटर प्याड र छाप नचलाउने प्रदेशका जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुरोध गर्दे अटेर भए आफै हटाइ दिने राईले बताए । 
    कोशीमा हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्य, आदिबासी जनजातिलाई साम्प्रदायिक रुपमा गालि गर्ने ३ जना विरुद्ध कालो झण्डा उठाउने कार्यक्रम निरन्तर रहेकोले सो कार्यक्रम अझ शसक्त हुने बताए । प्रधानमन्त्र केपी शर्मा ओलीले आदिबासी जनजाति, दलित, मधेशी, मुस्लिम, महिला र वर्गीय रुपमा उत्पीडित खस÷आर्यको नाम मुखबाट कहिल्यै उच्चारण नगर्ने उपमहासचिव राईको भनाइ थियो । 
    ओलीले उत्पीडित समुदायलाई खिसि ट्युरी र लागि गलैज गरेर साम्पदायिक दंगाहुने शब्दहरु बोले पनि आफूहरु सान्तिपूर्ण आन्दोलनबाटै कोशी नाम खारेजी गरेरै छाड्ने बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मुक्कुमलुङ/पाथीभरा संरक्षण समितिको सहजीकरण समिति र सरकारी वार्ता टोलीसँग कुरा नमिलेपछि एसियन हा…

मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार खारेजी सम्बद्ध संस्थाहरुले सरकारसँग वार्ता सहजिकर…

 मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार खारेजी र आन्दोलनकारीलाई गोली प्रहार गरिएक…

मोरङ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्य…