• मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ । 
    वडा कार्यालयले सोमबार आफ्नो क्षेत्रमा रहेका ४० जना अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कपडा स्वीटर वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो । 
    वडा कार्यालयमा कार्यक्रमको आयोजना गरेर तातो कपडा वितरण गरिएको हो । कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु, अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष दुर्गा दंगाल, शान्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलमणी गुरुङ, फोनिज केन्द्रीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई लगायतको हातबाट न्यानो कपडा वितरण गरिएको वडा सचिव मित्रकला चापागाईले बताए । 
    वडा नं. १ ले गत दशै तिहारमा पनि निम्न वर्गीय परिवारले कुखुराको मासु र चामल वितरण गरेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…