• मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ । 
    वडा कार्यालयले सोमबार आफ्नो क्षेत्रमा रहेका ४० जना अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कपडा स्वीटर वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो । 
    वडा कार्यालयमा कार्यक्रमको आयोजना गरेर तातो कपडा वितरण गरिएको हो । कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु, अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष दुर्गा दंगाल, शान्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलमणी गुरुङ, फोनिज केन्द्रीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई लगायतको हातबाट न्यानो कपडा वितरण गरिएको वडा सचिव मित्रकला चापागाईले बताए । 
    वडा नं. १ ले गत दशै तिहारमा पनि निम्न वर्गीय परिवारले कुखुराको मासु र चामल वितरण गरेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…