• मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण भएको छ । 
    कक्षा १० सम्म अध्ययन, अध्यपनहुने विद्यालयमा करिव १८० जना बिद्यार्थी अध्ययनरत छन् । 
    बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई स्वीटर, सुरुवाल र न्यानो टोपी बितरण गरिएको विद्यालयकी प्रधानाध्यापक भूमिकादेवी मगरले बताए । 
    विद्यार्थीहरुलाई वितरणको लागि सम्पूर्ण लुगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईले सहयोगी दाताहरुबाट जुटाएका हुन् । न्यानो कपडा वितरण कार्यक्रम १ नं. वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो । 
    न्यानो कपडा प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु, प्रधानाध्यापक, सल्लाहकार सदस्य अर्जुन जम्नेली राई र शिक्षकहरुबाट वितरण भएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…