• मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बिहिबार ३२ औ बार्षिक उत्सव मनाएको छ । 
    विद्यालयका पूर्ब शिक्षकहरु सिर्जना राई, चन्द्रकला भण्डारी, युबराज साप्कोटा, अमरसिंह लिम्बू, राजेन्द्र दाहाललाई सम्मान पत्रले सम्मान गरेको हो । सुनाखरीमा पढाएका शिक्षकहरु हाल बिभिन्न विद्यालयमा सरुवा भएर शैक्षिक पेशामा आबद्ध छन् । 
    त्यसैगरी सुनाखरीमा पढाएर अबकास भएका शिक्षकहरु ऋद्दिब काफ्ले, लक्ष्मीदेवि भण्डारी पनि सम्मानित भएका हुन् । 
    बिद्यालयमा कार्यरत शिक्षकहरु उत्कृष्ट शिक्षकको रुपमा पिताम्बर घिमिरे सम्मानित भएका हुन् । पूर्ब प्रधानाध्यापक नरेन्द्र घिसिङ, सहायक प्रअ तारानिधि तिम्सिना, बलराम तिम्सिना, मनमाया मगर र सुनिता भट्टराईलाई समेत विद्यालयले सम्मान गरेको हो । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित शिक्षकहरुलाई कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, नगरका शिक्षा बिभाग प्रमुख नवीन खुलाल, नमुना मावि पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी लगायतको हातबाट सम्मान प्रधान गरिएको थियो । 
    बार्षिकउत्सवको अबसरमा आयोजित खेलकुद बिजेता खेलाडीहरु, कक्षामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट विद्यार्थी अनुसा सुनाम लगायतलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक भूमिका मगरले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…