काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई पक्रेर थुनिदिने धम्कि दिएको गुनासो सार्वजनिक भएको छ ।
घटना सोलुखम्बू सोताङ गाउँपालिकाको मनोजकुमार राई र उनकी श्रीमती सोममाया राईसँगको हो । दम्पतिले छोराको नागरिकता निकाल्दा आफूहरुको पनि पुरानो नागरिकताबाट राज्यको नयाँ संरचना अनुसार वडा अर्थात वडा नं. ५ अनुसार प्रतिलिपि निकाल्न सदरमुकाम सल्लेरी पुगेका थिए ।
अस्थायी बसोबास काठमाडौ रहेको परिवारका जेठा छोराको नगरिकता निकाल्ने क्रममा आमा, आपाले पनि नयाँ संरचना अनुसारको नागरिकताको प्रतिलिपि लिन वडाको सिफारिससहित सदरमुकाम पुगेका थिए ।
सिफारिसमा छाप छुटेको भनेर प्रतिलिपि दिने इच्छा नदेखाएको, छाप लगाएर ल्याएपछि पनि उल्टै किर्ते गरेको भन्दै प्रजिअ अनोजकुमार घिमिरेले पक्रेर थुनिदिने धम्कि दिएको पीडित मनोजकुमार राईले प्रेस विज्ञप्ति मार्फंत गुनासो सार्वंजनिक गरेका छन् ।
नागरिकता कै लागि काठमाडौबाट सल्लेरी पुगेको, वडामा पुगेर फिर्दा थप २ दिने लाग्ने बाध्यता थाहा पाएर वडा अध्यक्षले जिल्लामै छाप लगाउने व्यवस्था मिलाइ दिएपनि सीडीओ घिमिरेले थर्काउदै थुनिदिने धम्कि दिएको गुनासो आएको हो ।
बाँकी मनोजकुमार राईको विज्ञप्ति
प्रेस बिज्ञप्ती
यही पौष १८ गते मुलुकको नयाँ संरचना अनुसारको ठेगाना भएको नेपाली नागरिकताको प्रतिलिपी लिनका लागि म मनोज कुमार राई, श्रीमती सोम माया राई र छोरा सक्षम राईको भने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु सल्लेरी अस्थाई बसोबास काठमाडौंबाट पुगेका थियौं।
सोताङ गा.पा. वडा नं. ५ ले राजधानीमा अस्थायी बसोबास गर्नेहरुका लागि शिबिर राखेको हुँदा वडाबाट प्राप्त सिफारिस हामीले लिएका थियौं । सक्षम राईको अध्यन नियमित रहेको हुँदा छुट्टी मिलाएर पुगेका हामीले नागरिकताको फाँटमा निवेदन सहितको अन्य आवस्यक कागजात देखाएका थियौं । त्यहाँ रहनुहुने अधिकारीले तीन जना मध्ये दुई जनाकोमा वडाको छाप छुटेको भनेर नि. प्र.जि.अ. रुपेश बिश्वकर्मा कहाँ पठाउनुभयो।
हामीले कागजपत्र देखायौं। वडा अध्यक्ष मानवीर राई संग फोनमा बोल्नु भयो। सहायक प्र.जि.अ. ज्यूले सि.डि.यो. अनोज कुमार घिमिरे सरलाई देखाउनुस भन्नुभयो। कार्यकक्षमा जाँदा उहाँ हुनुहुन्नथ्यो। बाहिरपट्टि घाम तापिरहनुभएको रहेछ। अबिबादन गरेर सबै ब्यहोरा जानकारी गराए। उहाँले पनि छाप छैन बन्दैन भन्नुभयो ।
मैले पुनः वडा अध्यक्ष मानबीर राईलाई छाप नलागेको सिफारिस ह्वाट्सएप गरेर छाप भए हुने जानकारी गराए। वडाअध्यक्षकै अनुमति र निर्देशन बमोजिम छाप रहेकै ठाउँमा मेरो सिफारिसपत्रमा लगाईदिनुभयो र राख्नुभयो।
कार्यालय समय पनी सकिन लागेको हुँदा प्रजिअ ज्यूलाई देखाए वडाअध्यक्ष ज्यूको निर्देशन र अनुमतिले छाप लाग्यो भनेको के थिए किर्ते काम गर्ने भन्दै रन्किनु भयो। कानुनी कारभाही गरौ भन्दै थर्काउनु भयो। मैले वडाअध्यक्ष मानबीर राईसंग बुझ्नुस् , भन्दा म किन कुरा गर्ने गर्दिन भन्दै थुनिदिने धम्की दिनुभयो ।
हाम्रो सानो अर्को बाबू काठमाडौंमा आफन्तलाई एक दिनका लागि हेरिदिन अनुरोध गरेर गएका थियौं। भोलि तुरुन्त पुग्नु थियो। पुनः वडाको सिफारिस लिन जादा आउँदा दुई दिन लाग्ने कुरा पनि बतायौं।
तीन पटकको अनुनय पछि सक्षम राईको भने नागरिकता बन्यो । बुवा आमाको बनेन । पहिलो पटक सरकारी कार्यालय पुगेर नागरिकताको प्रमाणपत्र लिदा खुशी हुनुपर्ने १६ बर्षे युवक आमा पापाको नबनेकोमा निकै दुःखी भयो । अनेकौं गाली दुव्र्यावहार देखेर नेपाल सरकारको सेवाबाट भोलिका यी र यस्ता युवकले राज्यप्रती कस्तो धारणा बनाउलान ?
दैनिक देश रित्तो भैरहेको तितो यथार्थ बिच यी र यस्ता नव युवकहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रसंगै राज्यले आशा जगाउने देशका लागि केही गर्नुपर्छ भन्ने धारणा बिकाश गराउनुको साटो नकरात्मक प्रभावपर्ने किसिममा गतिविधिको अन्त्य हुनुपर्ने होईन ?
जिल्ला प्रशासनले विभिन्न तह, निकायका मानबिय त्रुटिहरुलाई सकेसम्म ब्यावहारिक रुपमा सल्टाउनुको साटो सेवाग्राहीलाई हजारौं खर्च जोहो गरेर धेरै दिन माया मारेर आएकाहरुको पिढालाई बुझ्न जरुरी छैन र ?
जनताको करबाट सेवा सुबिधालिने राष्ट्र सेवकहरुले राणाकालीन, पन्चायती शैलीका शासकको रुपमा प्रस्तुत हुनु दुःखद होईन ? प्र.जि.अ. संग जनता दुःखी हुनु रिसाउनु भनेको देशको राज्य ब्यवस्थालाई पनि कमजोर बनाउनु होईन ?
हामीले दुई दिन समय र हजारौं खर्च गरेर जि.प्र.का. पुग्दा सेवा पाउन नसक्नुमा मुख्य दोशी को हो ? मेरो परिवार, नवयुवकलाई परेको मानसिक पिडाको क्षती कस्ले पूरा गर्छ ?
यो मेरो मात्रै होइन धेरै सेवाग्राहीहरुको सामुहिक पिढा हुनसक्छ । दैनिक ७७ जिल्ला, विभिन्न ईप्रकामा यस्ता समस्याहरुको चाङ छन । भुक्तभोगीहरु बोल्न, प्रतिक्रिया जनाउन नसक्ने अशंख्य हुनुहुन्छ। तलदेखि माथिसम्मका सरोकारवाला सबैको ध्यान पुगोस् ।
सेवाग्राहीहरु राज्यलाई कर तिर्ने नागरिक हुन् । उनिहरुको पनि सम्मान ईज्जत् रहोस् । सरकारी घुम्ने मेच, कार्यकक्ष, आवास, तलब, भत्ता, बिदेश भ्रमण, पेन्सन, गाडी आदी सबै जन्ताको कर हुन् ।
करदातालाई थर्काउने तर्साउने काम बन्द गरियोस् । नबुझेका नजानेका कुरामा सरल सहजीकरण गरियोस् । मैले सेवा त पाईन कस्का कारणले हो निक्र्योल हुनुप¥यो ? म जस्ता सेवाग्राहिलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु लगायतले थप पिढा दिने काम बन्द गरोस। नेपाल सरकार, गृह मन्त्रालय लगायतको सरोकारवाला सबैको गम्भिर ध्यानाकर्षणका लागि अपिल गर्दछु ।
देश र जनताको सेवामा तल्लिन जनप्रिय हजारौं राष्ट्रसेवक कर्मचारीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई हरपल सम्मान छ। केही छिटफुट घटनाले सेवाग्राहिहरुको सेवा र मनमा चोट पुग्न गएकाले यो प्रेस बिज्ञप्ती निकाल्न वाध्य भएको हुँ। ईमानदार कर्मठ यहाँहरुको मनमा चोट पुगेको भए माफि चाहन्छु ।
मनोज कुमार राई(भद्रगोल किराती)
मिति २०८१–०९–२४
सोताङ ५ सोलुखुम्बु
अस्थायी बसोबास काठमाण्डौं