• मोरङ । ताप्लेजुङको मुकुमलुङ÷पाथीभारामा केवलकार विरुद्ध संघर्षमा रहेका निहत्था जनतामाथि प्रहरीले गोली बर्षाएको र धार्मिक स्थलमा केवलबार निर्माण गरेर व्यापारिकरण गर्न प्रयास भइरहेको विरुद्ध माघ १५ गतेदेखि ताप्लेजुङ यातायातका सम्पूर्ण सडकहरु बन्दको घोषणा भएको छ ।
    शनिबार (माघ १२) गते साँझ ताप्लेजुङमा शसस्त्र प्रहरीले गोली बर्षाउदा ४ जनालाई गोली लागि गम्भीर घाइते भएका छन् । 
    प्रहरीको गोली लागि घाइते मध्ये सगुन लावतीको छातीमा, याम लिम्बूको तिग्रामा वारपार छेडिनुको साथै धर्मान पालुङ्वाको कुमको हड्डी भाँचिएको छ । घाइते तीनै जनाको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 
    प्रहरीको प्रहारबाट धर्मेन पालुङ्वा, मगल लावती, लक्ष्मण लिम्बू, चन्द्रसागर लिम्बू लगायत घाइते भएका छन् । प्रहरीको आक्रमण पछि आन्दोलनरत युवाहरु रातभर जंगलमै बास भएको पीडितहरुले बताएका छन् । 
    मुकुमलुङ÷पाथीभारामा चन्द्र ढकालको कम्पनीले केवलकार लगाउन लागेपछि धार्मिक स्थाललाई प्राकृतिक रुपमै रहन दिनुपर्ने माग गर्दै स्थानीयबासी र सरोकारवालाहरुले आन्दोलन गर्दै आएका छन् । 
    धार्मिक स्थाललाई ब्यापारिकरण गर्न नहुने माग हुँदाहुँदै शिलान्यासपछि जेसीबी प्रयोग गरेर काम थालेपछि प्रतिरोधका लागि युवाहरु रातदिन मुकुमलुङमा तैनाथ थिए । 
    पटक पटक झडप भएपछि प्रहरीले तल्लो फेँदीमा शसस्त्र प्रहरी बेस क्याम्प राखेपछि धार्मिक स्थाललाई सैनिकीकरण गर्न नहुनेभन्दै प्रहरीको क्याम हटाउन र केवलकार खारेज गर्न माग राख्दै दैनिक जसो प्रदर्शन भइरहेका छन् । विरोधका लागि विभिन्न स्थानबाट केन्द्रीत भएर त्यही बसेर आन्दोलन भइरहेको छ । 
    शनिबार साँझ प्रहरीले निहत्था व्यक्तिहरुमाथि गोली चलाएर घाइते बनाएपछि १५ गते विहानदेखि झापाको चारालीदेखि ताप्लेजुङ जाने मेची राजमार्ग, धरान धनकुटाहुँदै ताप्लेजुङ जाने तमोर करिडोर, तेह्रथुमबाट पाथीभारा छिर्ने नाकाहरु अनिश्चितकालीन यातायात बन्द घोषणा भएको छ । 
    मुकुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको संयोजक श्रीप्रसाद लिम्बू लगायत ५ वटा संगठनले संयुक्त संघर्ष समितिले आइतबार (१३ माघ) संयुक्त विज्ञप्ति प्रकाशन गरेर यातायात बन्दको घोषणा गरेको हो । आन्दोलनमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ लगायत कोशी नाम खारेजी आन्दोलनमा रहेका सम्पूर्ण संगठनहरु केवलकार विरुद्ध लागेका छन् । 
    केवलकार निर्माण कम्पनीका मालिक चन्द्र ढकाल द्वारा सञ्चालित आइएमइ बैंकमा रहेको खाताहरु बन्द गर्न आव्हान गरेका छन् । भोली माघ १४ गते आइएमई बैंक अगाडी धर्ना दिने, चन्द्र ढकाल र ढकालको कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने उल्लेख छ । 
    फुङ्लिङ नगरपालिकाको मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध, ताप्लेजुङ जिल्लाका असक्षम सिडिओ र सशस्त्र प्रहरीका डिएसपीलाई कडा कार्वाही गर्नुपर्ने लगायतको माग राखेर यातायात बन्दको घोषणा गरेको हो । 
    केवलकार निर्माणको लागि शिलान्यास गर्न आउदा कार्तिक २३ गते भएको झडपमा केवलकारी विरोधी अभियान्ता चन्द्र मादेनको टाउकोमा ढुङगा प्रहार र अर्जुन लिम्बूलाई कुखुरी प्रहार गरि घाइते बनाएका थिए । 

    गोली लागेका घाइेहरु

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…