मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित सुन्दर बाल बिकास केन्द्रमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितरण भएको छ ।
सुन्दर बस्तीमा रहेको बाल बिकास केन्द्रमा ३५ जना विद्यार्थी अध्ययरत रहेको शिक्षिका रिना गुरुङले बताए ।
त्यहाँ अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि सुनाखरी मावि विद्यालय व्यवस्थाापन समितिका अध्यक्ष समेत रहेका शैक्षिक अभियान्ता प्रदीपकुमार राईको पहलमा संकलित न्यानो कपडा ट्रयाकसुट, स्टेसनरी, चक्लेट वितरण भएको हो ।
अष्ट्रेलिया बस्दै आएका गोबिन्द सुवेदी र अनु खनाल सुबेदीले आफ्नो बहिनी प्रमिला सुवेदीको सम्झनामा बालबालिकाहरुका लागि सहयोग प्रदान गरेका हुन् । कार्यक्रममा गीतकार गणेश थक्लुङ, स्थानीय समाजसेवी हेमभक्त गुरुङ, रोमान्सि धिमाल लगायतको उपस्थिति रहेको थियो ।