मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कुष्ठरोगको उपचारपछि तन्दुरुस्त भएका व्यक्तिहरुलाई उपहार प्रदान गरेको छ ।
आइतबार ७२ औं कुष्ठरोग दिवसको अवसरमा नगरमा रहेका ८ जनालाई उपहार प्रदान गरिएको नगरको स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले बताए ।
रोग जितेर निको भएका २ जना कार्यक्रममा खुलेर सहभागी भएका थिए । रोग जितेका विरामीहरुलाई स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले अंगालो हालेर बधाई दिएका थिए । नगरपालिकाले रोग जितेका व्यक्तिहरुलाई ज्याकेट र जुत्ता उपहारको रुपमा प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य प्रमुख आचार्यले कुष्ठरोग के हो ?, कुष्ठरोगको उपचार पद्धती, प्रदेश, जिल्ला र पथरीशनिश्चरे नगरमा कुष्ठरोगीको संख्या र अवस्था बारे तालिममा जानकारी गराइएको थियो ।
दिवसमा नगर उपप्रमुख देवीमाया काफ्ले, वडा अध्यक्ष बिजय सुब्बा लगायत उपस्थिति रहेको थियो । कुष्ठरोग दिवससँगै क्षयरोग सम्बन्धी दुई दिने तालिमको समेत उद्घाटन भएको थियो ।