• मोरङ । मोरङको पथरीशनिश्चरे नगर १० नं. वडामा रहेको आधारभूत विद्यालयको ३६ औं स्थापना दिवस अक्षकोष दाताहरु, पूर्व अध्यक्षहरुलाई सम्मानको साथै विद्यार्थी र शिक्षकहरुबाट सांस्कृतिक नृत्य प्रदर्शन गर्दै समापन भएको छ । 
    अक्षकोष समिति अध्यक्ष देविप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल, १० नम्बर वडा अध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ, शिविर व्यावस्थापन समितिका सचिव करण राई, इन्ट्रा नेपाल प्रमुख राम बानिया, सुनाखरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राई लगायतले शुभकामना दिएका थिए । 
    कार्यक्रममा अक्षकोष दाताहरु वर्तमान विब्यास अध्यक्ष सुमन कुरुम्बाङ, स्थानीय प्रेम ढकाल, लोकबहादुर चौहान, गंगाबहादुर लिम्बू, राम ढकाल लगायतलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको छ । 
    त्यसैगरी पूर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु टंक सङ्बाहम्फे, रेशम काङ्बाङ्ग, बालकुमार मगर, गणेश थक्लुङ, जीवन खतिवडा लगायतलाई सम्मान गरेको छ । विद्यालयकी अम्बिका ढकाल उत्कृष्ट र भीमसेन धिमाललाई सर्वोउत्कृष्ट शिक्षकको अवार्ड प्रदान गरिएको थियो । 
    विद्यालयकी प्रधानाध्यापक कबिता तिम्सिना लगायतको शिक्षक, शिक्षिका टोलीले सामुहिक नृत्य प्रस्तुत गर्दा उपस्थिति अभिभावक र विद्यार्थीले तालि र हुटिङले साथ दिएका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुले सामुहिक नृत्य तथा गीत प्रस्तुत गरेर उपस्थिति दर्शकलाई मनोरञ्जन दिएका थिए । 
    कार्यक्रममा विद्यालयको प्रअ कबिता तिम्सिनाले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक अवस्था प्रस्तुत गरेका थिए । 


सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…