मोरङ । नेकपा .(माओवादी केन्द्रं)का संघीय सांसद दुर्गा राईले आज (.मंगलबारं) ताप्लेजुङमा प्रहरीको गोली लागेका घाइतेहरुलाई भेटघाट गरी स्वास्थ्य अवस्था बुझेका छन् ।
मुक्कुम्लुङ÷पाथीभारामा केवलकार विरुद्ध संघर्षमा रहेका युवाहरुलाई शनिबार (माघ १२) गते साँझ प्रहरीको गोली लागेका घाइते ३ जनाको उपचार भइरहेको छ ।
सांसद दुर्गा राईले आज अपरान्ह टिचिङ अस्पताल पुगेर घाइतेहरु सगुन लावती, याम लिम्बू, धर्मान पालुङ्वाको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल पुग्नु भएको हो ।
गोली लागेका घाइतेहरु सगुन लावतीको छातीमा, याम लिम्बूको तिग्रामा वारपार छेडिनुको साथै धर्मान पालुङ्वाको कुमको हड्डी भाँचिएको छ । घाइतेहरुसँग भेटेपछि सांसद दुर्गा राईले उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुलाई समेत भेटेर अवस्था बुझेका थिए । राईले विरामी, स्वास्थ्य कर्मीपछि घाइतेका आफन्तहरुसँग समेत भेटेका थिए ।
घाइतेको आफन्त र सांसद राई