मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबारीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ ।
कानुन व्यावसायी शंकर लिम्बूको नेतृत्वमा आज (मंगलबारं) राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाडौ पुगेर निहत्था जनतालाई गोली हान्ने प्रजिअ शर्मालाई कडा कारबाही गर्न माग गरेको हो ।
त्यसैगरी आन्दोलनमा रहेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू .(१२ गते)ं र प्रदिप मादेन (१५ गते)ंलाई पक्रेर गैर कानुनी थुनामा राखेको विरुद्धमा समेत मानव अधिकार आयोगमा निवेदन र अर्वोच्च अदालतदेखि अन्तराष्ट्रिय मानव अधिकार आयोगहरुमा समेत मुद्धा दर्ता गर्ने तयारी भएको कानुन ब्याबसायी शंकर लिम्बूले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगले माघ १३ गते प्रेम विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण बनाउन र सरकारलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ ।