• मोरङ । मोरङको पथरीशनिश्चरे—१, स्थित एभरेष्ट अंग्रजी स्कुलले उत्कृष्ट नजिता ल्याउने विद्यार्थीको अभिभावकलाई सम्मान तथा भब्य सांस्कृतिक कार्यक्रमको आयोजनासहित आज ३९ र्औ बार्षिकोत्सव मनाएको छ । 
    एभरेष्टबाट एसइई परीक्षामा जीपीए—४ (फोर)ं ल्याउने विद्यार्थीका अभिभाक हिमालय न्यौपाने र अम्बिका न्यौपाने विद्यालयबाट दोसल्ला तथा सम्मान पत्रले सम्मानित भएका छन् । 
    न्यौपाने परिवारकी छोरी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत, छोरा अदर्श न्यौपानेले जीपीए—४ (फोर)ं अर्को छोरी अपेक्षा न्यौपानेले पनि ३.०९ जीपीए ल्याएर एसइई परीक्षा पास गरेका थिए । 
    तीनै जना छोराछोरी एभरेष्टबाट एसइई र माथिल्लो तहमासमेत उच्च अंक ल्याएर रोगजारीमासमेत लागि सकेको सम्मानित अम्बिका न्यौपानेले मन्तव्यको दिने क्रममा बताएकी छन् ।
    । विद्यार्थी असल बन्नु र उच्च अंक ल्याउनुमा अभिभावकको समेत उत्तिकै महत्व रहेकोहुँदा अभिभावकलाई सम्मान गरिदै आएको विद्यालयको निर्देशक समेत रहेका प्रिन्सिपन रबिन कन्दङ्वाले बताए । 
    शिक्षक अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल, अभिभावक हेमसागर चापागाई लगायतबाट शुभकाना मन्तव्य राखिएको थियो । 
    प्रिन्सिपाल रबिन कन्दङ्वाले एभरेष्टले परीक्षामा उत्कृष्ट नजिता मात्र नल्याएर नगर, जिल्ला र प्रदेश स्तरीय खेलकुद, गीत संगीत, नृत्य, अभिनय, चित्रकाल, हाजिरी जवाफ, स्पेलिङ प्रतियोगितासमेत जित्दै आएको विद्यार्थीको नाम समेत बताएका छन् । 
    सहप्रचार्य उमाकान्त न्यौपानेले विद्यार्थीहरु खेलेर, कला प्रस्तुत गरेर, देशको नेतृत्व गर्न समेत जन्मिएको हुनसक्ने भएकोले प्रतिभा चिनेर गाइड गर्नुपर्ने बताए । 
    बार्षिकोत्सवको अवसरमा जीवन बरालद्वारा निर्देशित र स्कुलमा अध्ययनरत विद्यालयहरुको अभिनयमा तयार परिएको ‘झुटो बोल्यो कि पोल्यो’, बच्चा जन्माउने भाँडो, घोप्टे युग, ईच्छा र चाहाना शीर्षकका लघु नाटकहरु प्रस्तुत भएको थियो । 
    विद्यार्थीहरुले नै सञ्चालन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले एकल तथा सामुहिक गीत, नृत्य, बतृत्व कला प्रदर्शन गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भितिन्न जातजातिको सांस्कृति झल्किने ¥याम्पमा समेत उतारेका थिए । 


     

सम्वन्धित समाचार

 मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार खारेजी र आन्दोलनकारीलाई गोली प्रहार गरिएक…

मोरङ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० मा शनिबार नेपालमा लाहा खेतीको संभावना बारे अन्तरक्रिया समापन भएको …

मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमु…