मोरङ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् ।
शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा धनप्रसाद साँबा लिम्बू, सचिव सुरज लिम्बू, सहसचिव इन्द्र सुब्बा र कोषाध्यक्ष कोपिला सेरेङ लिम्बू सर्वसहमत चयन भएका छन् ।
सदस्यहरुमा ईन्द्रकुमरी लिम्बू, हरिकुमार शेर्मा, प्रकाश लिम्बू, दिल आङ्बुहाङ्ग, आशा थेगिम, चन्द्र लिङ्लेखु, जीतबहादुर लाओती, गणेश लिभाङ, सुरन्ता लिम्बू लगायत १५ सदस्यीय समिति सर्वसहमत चयन भएको नव निर्वाचित अध्यक्ष गणेश थक्लुङले बताए ।
सम्मेलन उद्घाटन कार्यक्रम सम्मेलन आयोजक समितिको संयोजक विक्रम लिम्बूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लोकसागर साम्बा लगायतले शुभकामना दिएका थिए ।