मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार खारेजी र आन्दोलनकारीलाई गोली प्रहार गरिएको विरुद्ध ९ जिल्ला यातायात बन्दको हुनेभएको छ ।
केवलकार विरुद्धको संघर्षमा माघ १२ गते ताप्लेजुङ्गमा प्रहरीले गोली चलाउदा ३ जना घाइते भएका छन् । तीन जना पक्रेर हिरासतमा राखेका छन् ।
आन्दोलनकारीद्वारा १५ गतेदेखि ५ दिनसम्म मेची हाइवे, तमोर करिडोर र ताप्लेजुङ आउने जाने तेह्रथुम नाकामा यातायात बन्द गरेपनि सरकार अटेर गरेपछि २० र २१ गते पूर्बी नेपालको ९ जिल्लामा यातायात बन्द हुने भएको छ ।
ताप्लेजुङ्ग यातायात बन्द गर्दा पनि सरकार गैर जिम्मेवार जस्तो देखिएपछि झापा, मोरङ, सुनसरी स्थित एसियन हाइवे लगायत सप्तकोशी पूर्बको ९ जिल्लामा यातायात बन्दको घोषणा भएको हो ।