• मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार खारेजी सम्बद्ध संस्थाहरुले सरकारसँग वार्ता सहजिकरण समिति गठन गरेको सहजीकरणको लागि पठाएको छ । 
    गृहमन्त्रालयले आइतबार .(माघ २०) वार्ताको लागि सहसचिव प्रेसप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । 
    माघ १२ गते ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा शसस्त्र प्रहरीले आन्दोलनकारी माथि गोली प्रहार गर्दा ३ जना घाइते भएका छन् । आन्दोलनमा सहभागी तीन जनालाई प्रहरीले पक्रेर मुद्धा चलाएको छ । 
    केवलकार खारेजी र गोली काण्ड विरुद्ध माघ १५ गतेदेखि पाँचदिन ताप्लेजुङ जाने सडकहरुमा यातायात बन्द र २० र २१ गते एसियन हाइवेमा यातायात बन्द भएको छ ।  
    बन्दको क्रममा आइतबार दमकमा तीन सेल अश्रुग्यास प्रहार भएको थियो भने दमक र सुनसरीको धरानमा आन्दोलनकारीहरुले थप नियन्त्रणमा लिएको छ । 
    आज (२१ माघ) मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट अमर तुम्याहाङको संयोजकत्व समिति गठन गरेको छ । समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) रहेका छन् । सो समिति यो समाचार तयार पार्दा सहजीकरणको लागि सरकारी वार्ता टोलीसँग छलफलमा रहेको छ । 
    समितिले मुक्कुमलुङमा भइरहेको आन्दोलन स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन पहल गर्ने संयोजक तुम्याहाङले बताए । 
    सरकारसँग वार्ताको लागि मुक्कुमलुङबाट शसस्त्र प्रहरी फिर्ता हुनुपर्ने, केवलकारको काम बन्द हुनुपर्ने, पक्राउ परेका सम्पूर्ण बन्दी रिहाइ हुनुपर्ने पूर्वसर्त सहजीकरण समितिले सरकारलाई राखेको छ । 
    सहजीकरण समितिले अघि सारेको सर्तहरु मान्य भए आन्दोलनको स्वरुप परिवर्तन हुने र नभए यातायात बन्द निरन्तर रहने मुक्कुमलुङ संघर्ष समितिको बैठकमा सहभागी रहेका रामभक्त कुरुम्बाङले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…