• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आजदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०८१ सुरु भएको छ । 
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराको साथ नगरमालिका १ नं. वडा स्थित सुनाखरी माविको खेल मैदानमा खेल सुरु भएको हो ।
    नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता नगर प्रमुख मोहन तुम्वापोको हातबाट उद्घाटन गरिएको थियो ।
    कार्यक्रमको प्रमुख अतिथि रहनुभएका तुम्वापोले विद्यार्थीहरुको खेलकुद विकासको लागि हुने कार्यक्रमलाई सबै मिलेर सफल बनाउनु पर्ने बताउनु भयो । 
    नगरपालिका १ नं . वडा अध्यक्ष भीमकुमार राईको सभापतित्वमा भएको  निवर्तमान नगरप्रमुख दिलिपकुमार राई, शिक्षा शाखा प्रमुख नवीन खुलाल लगायतले शुभकामना दिनुभएको थियो । 
    कार्यक्रममा वडा अध्यक्षहरु उद्धवराज बस्नेत, नवीन कार्की, कार्यपालिका सदस्य वीरध्वज शिवा, पञ्चायत माविका विद्यालय ब्याबस्थापन.समिति अध्यक्ष युवराज बास्कोटा, सुनाखरी माविका वि.व्य.स. अध्यक्ष प्रदिपकुमार राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, खेलकुदमा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापकहरु उद्घाटन कार्यक्रममा सहभागी रहनुभएको थियो । 
    भलिबल, तेक्वान्दो, कराँते, एथलेटिक्स गरी चार वटा विधामा प्रतिष्पर्धा हुनेछ । 
    एथलेटिक्सतर्फ १ सय मिटर दौड, २ सय, ४ सय, ८ सय १५ सय ३ हजार मिटर दौड, हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सटफुट लगायतमा प्रतिष्पर्धाहुने सुनाखारी माविका प्रधानाध्यापक भूमिकादेवि मगरले बताउनुभयो । माघ २३ देखि २५ गतेसम्म प्रतियोगिताहुने सुनाखरीका प्रअ मगरले बताउनुभयो । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…